Madhes Khabar
समाचार

पाँच वर्षमा सबै भन्दा बढि भ्रष्टचार पालिकामा कर्मचारीले गरेका छन् – सांसद लक्षणलाल कर्ण

फाइल फोटो

मधेस खबर
वीरगन्ज,१४जेठ
:पर्सा क्षेत्र नम्बर ४ का संघीय सांसद लक्ष्मणलाल कर्णले वितेको ५ वर्षमा सबै भन्दा भ्रष्टचार स्थानीय तहमा भएकाो आरोप लगाएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता समेत रहेका सांसद कर्णले सबै भन्दा बढि भ्रष्टचार स्थानीय तहमा भएको र त्यसको जिम्मेवार प्रमुख प्रशासकीय अधिकृतहरु रहेको बताएका हुन् ।
शनिबार संसद बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै नेता कर्णले भने ,‘ सबै भन्दा बढि भ्रष्टचार प्रमुख प्रशासकीय अधिकृतले गरेका छन्, उनिहरु कमाइरहेका छन् तर गाली जति जनप्रतिनिधीहरुले खाए ।
उनले ८० प्रतिशत प्रशासकीय अधिकृतले काठमाडौं वा अन्य ठूला शहरहरुमा घर बनाइसकेको पनि बताए ।
कर्णले भने ,‘ हामीले पाँच वर्ष स्थानीय निकाय सन्चालन ग¥यौं, अब रिभ्यू गर्ने बेला भएको छ कि छैन, अनियमितता छ कि छैन ? ‘अनियमितता हेर्ने हो भने त्यहाँका पदाधिकारीले गाली खाइरहेका छन् तर प्रशासकीय प्रमुखहरुले कमाइरहेका छन् ।
हरेक स्थानीय तहका जनप्रतिनिधीले हरेक कामका लागि प्रमुख प्रशासकीय अधिकृतकै भर पर्नुपर्ने अवस्था रहेको भन्दै नेता कर्णले भने,‘ यदि प्रशाकीय अधिकृतले मान्दैनन् भने पालिका प्रमुखले चाहेर मात्र केही गर्न सक्दैन , अवस्था यो छ , त्यसैले अब रिभ्यु गर्ने बेला भइसकेको छ ।

Related posts

गरुडामा बसको ठक्करबाट व्यपारीको मृत्यु भएपछि प्रदर्शन र चक्का जाम

MadhesKhabar

परवानीपुरमा ब्राउन सुगरसहित एक युवक पक्राउ

MadhesKhabar

मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’अभियान सन्चालन

MadhesKhabar

Leave a Comment