Madhes Khabar
समाचार

गरुडामा बसको ठक्करबाट व्यपारीको मृत्यु भएपछि प्रदर्शन र चक्का जाम

मधेसखबर
वीरगन्ज,१२मंसिर : रौतहटको गरुडामा सोमबार बिहान बसको ठक्करबाट एक व्यपारीको मृत्यु भएको विषयलाई लिएर स्थानीयवासी र व्यपारीहरुले प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।

गरुडा नगरपालिका वडा नम्बर ४ का ४८ बर्षिय व्यपारी राजनारायण साहको सोमबार बिहान बसको ठक्करबाट मृत्यु भएको थियो ।
ठक्कर दिने बसका चालकलाई कारबाही र मृतकका परिवारलाई क्षतिपुर्तिको माग गर्दै गरुडामा व्यापारी र स्थानीयले गौर चन्द्रपुर सडकखण्डको गरुडामा प्रदर्शन गरेर चक्का जाम पनि गरेका हुन् ।

घटना सोमबार बिहानैको भएपनि प्रहरीले व्यापारी मृत्युको कारण सडक दुर्घटना भने पनि समय र सवारी साधन बारे खुलाउन सकेको छैनन् ।तर ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक रामराजा केसरीले भने ठक्कर दिने सवारीसाधनको पत्ता नलागेको हुँदा प्रहरीले गहन छानविन गरिरहेको जानकारी दिए ।

Related posts

दुर्गम क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने छ :खानेपानी मन्त्री यादव

MadhesKhabar

वीरगन्ज नाकामा पनि सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुर परिचालन

MadhesKhabar

मेलम्चीको पानी बाह्रै महिना काठमाडौंमा आपूर्ति गर्न थप गृहकार्य गरिरहेका छौं : मन्त्री यादव

MadhesKhabar

Leave a Comment