Madhes Khabar
समाचार

परवानीपुरमा ब्राउन सुगरसहित एक युवक पक्राउ

वीरगन्ज,२जेष्ठःवीरगन्जमा प्रहरीले लागू औषध खैरो हेरोइन(ब्राउन सुगर) सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका २२ वर्षीय मुस्तmुा अन्सारी रहेका छन् ।

प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलीले परवानीपुरमा बिआर ०६ सिटि ०८१० नम्बरको मोटरसाइकलमा सवार अन्सारीको शरिर खानतलासी गर्दा उनले लगाएको सर्टको खल्तीभित्रबाट ब्राउन सुगर १५ ग्राम बरामद गरेको हो ।

ब्राउन सुगर र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका अन्सारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

 

Related posts

तीनकुने घटनाका मुख्यकमाण्डर दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा

MadhesKhabar

काठमाडौं महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डे निलम्बित

MadhesKhabar

पर्साको बलुवामा आगलागी हुदाँ नगद ६ लाख रकमसहित लाखौँको धनमाल नष्ट

MadhesKhabar

Leave a Comment