Madhes Khabar
समाचार

पर्साको बलुवामा आगलागी हुदाँ नगद ६ लाख रकमसहित लाखौँको धनमाल नष्ट

प्रमोद यादव
पर्सा,२७ चैत :पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ बलुवा टोलमा बिहीबारराति स्थानीय मोटर मुखिया बिनको घरमा आगलागी भएको छ।

राति करिब ११ः३० बजेको समयमा घरमा लामखुट्टे धपाउनका लागि बालिएको घुर (आगो) बाट अचानक आगो सल्किएको थियो। आगलागीमा दुई दिनअघि मात्र छिमेकी लघुवित्त विकास बैंकबाट घर बनाउन ऋण स्वरूप ल्याइएको ६ लाख रुपैयाँ नगदपनि जलेर नष्ट भएको पिडित बिनले बताए । यस्तै आगोमा परेर चार वटा बाख्रा र एउटा गाईको पनि मृत्यु भएको छ।घरमा रहेको सम्पूर्ण अन्नपात, भाँडाकुँडा, लत्ताकपडा र १२ थान गहना पनि जलेर पूर्ण रूपमा नष्ट भएको छ।

बिनको घरमा लागेको आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिलेर निभाएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिए ।

 

Related posts

नागरिकता बिधेयक फिर्ता गरेको बिरोधमा धनुषामा प्रदर्शन

MadhesKhabar

दुर्गा प्रसाईं भारतमा पक्राउ

MadhesKhabar

वीरगन्जमा तस्करी गरि ल्याइएको १९ लाखको मोबाइल र घडीसहित एक भारतीय पक्राउ

MadhesKhabar

Leave a Comment