
प्रमोद यादव
वीरगंज १७ असाढ ,२०७९ पर्साको सखुवाप्रसौनी गाउँपालिका अन्तर्गत जमुनिया खोलाबाट अबैध रुपमा गिटी ,बालुवा उत्खनन गरीरहेको अवस्थामा ट्रेक्टर र टिपर पक्राउ परेको छ । अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गरी तस्करी गरीरहेको सुचना पाई सखुवा प्रसौनी गाउँपालिका कार्यालयबाट गएको कर्मचारी र जनप्रतिनिधीहरुको एक टोलीले ३ वटा ट्रेक्टर र दुई वटा टिपर नियन्त्रणमा लिएको हो । तर टिपर र ट्रेक्टर धनिका अनुसार पहिलेदेखी जम्मा गरी राखेको गिट्टी बालुवा मात्रै ओसारपसार गर्न लागेको समयमा पालिकाको टिमले गाडी नियन्त्रणमा लिएको जनाएका हुन् । नियन्त्रणमा राखिएको टिपर प्रदेश नं.०३००१ क ०४३८ र ना ८ ख ८८७ नम्बरको रहेको छ भने ट्रेक्टर नं. न ७ त ५९८७, प्रदेश २–०३–००१ त १९६३ , ना ५ त ४४८२ नियन्त्रणमा लिईएको जनाईएको हो । गाउँपालिकाका अध्यक्ष यसवन्त यादवका अनुसार अबैध रुपमा विना प्रमाणको गिट्टी बालुवा ओसारपसार गर्दै गरेको अवस्था स्थानीयले खबर गरेपछि उतm गाडीहरु नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिईएका सवारीधनिसंग स्टक प्रमाणित वा कुनै लिखित कागजात नभएकोले नियन्त्रणमा लिईएको उनले बताए । नियन्त्रणमा लिईएइको मध्य तिन वटा ट्रेक्टरलाई एक हजारको दरले जरिवाना रसिद काटेर एक पटकको लागि चेतावनी दिई छोडिएको अध्यक्ष यादवले जानकारी दिए । नियन्त्रणमा राखिएको दुई वटा टिपर पालिकामा कोही कर्मचारी नभएको मौका छोपि शुत्रबार विहान करीब ९ः३० सवारी चालकले टिपर लिएर भागेको र पछी आएर पालिका कर्मचारीलाई धाकधम्की समेत दिएको पालिका अध्यक्ष यादवले बताए । सो विषयमा पालिका अध्यक्ष यादवले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको र यसबारे आईतबार सुनवाई हुने प्रहरीले जनाएको छ ।
Related posts
- Comments
- Facebook comments

