Madhes Khabar
समाचार

सरुवा भएको तीन महिना बितिसक्दा पनि पर्साबाट रमाना भएनन् आधा दर्जन वरिष्ठ सइ र सइ

वीरगन्ज,९फागुनःपर्साबाट सरुवा भएका आधा दर्जन वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सइ) र प्रहरी नायब निरीक्षक (सइ) अहिलेसम्म रमाना भएका छैनन्। गत मंसिरमा नै विभिन्न जिल्लामा सरुवा भएका उनीहरू अहिलेसम्म रमाना नभएको पाइएको हो।

रमाना नहुने सूचीमा प्रहरी चौकी प्रसौनी भाठामा कार्यरत वरिष्ठ सई बाबुराम ढकाल, जिल्ला प्रहरी कार्यालय पर्साको उजुरी शाखामा कार्यरत वरिष्ठ सइ रञ्जन सिंह, वरिष्ठ सइ सुरेन्द्रबहादुर टैर, वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत वरिष्ठ सइ यमनाथ पनेरू छन्। यसैगरी, जिल्ला प्रहरी कार्यालय पर्साको कार्यशाखामा कार्यरत सइ पवनकुमार कुशवाह, जिन्सी शाखामा कार्यरत सइ मित्रबहादुर राई र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत भीमबहादुर बोहरा पनि रमाना भएका छैनन्।

वरिष्ठ सइ ढकालको जिल्ला प्रहरी कार्यालय चितवन, वरिष्ठ सइ सिंहको जिल्ला प्रहरी कार्यालय रामेछाप, वरिष्ठ सई टैरको जिल्ला प्रहरी कार्यालय सल्यान र वरिष्ठ सइ पनेरूको जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएको छ। यस्तै, सइ कुशवाहको रातोमाटे गण मकवानपुर, सइ राईको काठमाडौं र सइ बोहराको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथ बग्गीखानामा सरुवा भएको हो।

पर्सामा लामो समयदेखि कार्यरत वरिष्ठ सइ र सइहरुको सरुवा भए पनि माथिल्लो निकायबाट चासो नहुँदा उनीहरू रमाना नभएका हुन्।

पर्साका प्रहरी उपरक्षिक गौतम मिश्रले जिल्लामा कार्यरत वरिष्ठ सइ र सइहरुको सरुवा भएको ठाउँमा रमाना गर्न माथिल्लो निकायबाट कार्यादेश भइसकेकाले अब केही दिनमा उनीहरू रमाना हुने बताए। तिवारी यादव/नयाँपत्रिका

Related posts

समाजवादी प्रेस संगठन बाराको अध्यक्षमा अजय साह चयन

MadhesKhabar

पशुपति रोड कैरियरको मालवाहक ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

भाटभटेनीमा लुट्न पसेकाहरुलाई कुटेर लखेटेका सुरक्षागार्ड पराजुली ५ लाख रुपैयाँबाट पुरस्कृत

MadhesKhabar

Leave a Comment