Madhes Khabar
समाचार

बाराको सिम्रौनगढबाट ठूलो परिमाणमा लागू औषध बरामद,तस्कर फरार

वीरगन्ज,२९फागुनःबाराको सिम्रौनगढबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध बरामद गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ सतुवाईस्थित सीमा क्षेत्रबाट प्रहरीलले १ हजार ५ सय पिस लागू औषध बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी सहायक निरीक्षक विजय महत्तोको नेतृत्वमा खटिएको प्रहरीको गस्ती टोलीले सीमावर्ती भारतको घोडासहनबाट सिम्रौनगढ बजातर्फ आउँदै गरेका एक व्याक्ति प्रहरीलाई रोकेर चचेकजाँच गर्न खोज्दा ती व्यक्ति आँफुसंग रहेको प्लाष्टिकको बोरा फालेर भारततर्फ भागेका थिए । ती व्यक्तिले फालेको बोराभित्रमा रहेको कार्टुनबाट डाइजेपाम ५ सय पिस, नर्फिन ५ सय पिस र फेनरागन ५ सय पिस बरामद भएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।

Related posts

घडिअर्वा छठ पूजा व्यवस्थापन समितिद्धारा नवनिर्वाचित सांसद सुशील कानु सम्मानित

MadhesKhabar

मन्त्री यादवको पहलमा वीरगन्जको नगवामा साढे ३ करोडको ओभरहेड ट्यांकी निर्माण हुदैं

MadhesKhabar

राष्ट्रिय भुमी आयोग पर्साका अध्यक्ष अहमद सम्मानित

MadhesKhabar

Leave a Comment