Madhes Khabar
समाचार

रौतहटमा लागुऔषध बेच्ने मेडिकल सञ्चालक पक्राउ

रौतहट,९असोजःःरौतहटमा मेडिकल पसलको आडमा लागुऔषध कारोबार गर्ने एक जना पक्राउ परेका छन्।प्रहरीले चन्द्रपुर नगरपालिकाका –७ नयाँबस्तीका ५३ वर्षीय लालबाबू साहलाई पक्राउ गरेको हो।उनको पसलबाट लागुऔषध प्रहरीले बरामद गरेको छ।प्रहरीले साहको साथबाट ट्रामाडोल ३०० पत्ता र ३००० पिस बरामद गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोका सई तुल प्रसाद पुडासैनीको कमाण्डमा खटिएको टोलीले चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीका ५३ वर्षीय लालबाबू (दिपेन्द्र) कुमार साहलाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा गरिएको छापामारीका क्रममा साहले मेडिकल पसलमार्फत प्रतिबन्धित लागुऔषध ट्रामाडोल बिक्री वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। टोलीले साहको पसल र घर दुबै ठाउँमा अनुसन्धान गर्दा ठूलो मात्रामा लागुऔषध बरामद भएको छ।प्रहरी टोलीले ना.३३ प ९५३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा साहकै साथबाट ट्रामाडोल ३०० पत्ता, ३,००० पिस बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए।

 

Related posts

नेपाल टेलिकमकाे २० हजार थान रिचार्ज कार्ड कसरी गायब भयाे ?

MadhesKhabar

एमाले नेता महेश बस्नेतबिरुद्धको रिट उच्च अदालतद्वारा पनि खारेज

MadhesKhabar

लागुऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

MadhesKhabar

Leave a Comment