Madhes Khabar
समाचार

नेपाल टेलिकमकाे २० हजार थान रिचार्ज कार्ड कसरी गायब भयाे ?

काठमाडौं ,२४साउन: नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ।

टेलिकमले सूचना जारी गर्दै ढुवानीका क्रममा १० लाख रुपैयाँ बराबरको ५० रूपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको जानकारी दिएको हाे।

टेलिकमले सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएकाले ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड खरिद बिक्री नगर्न वितरक र ग्राहकलाई अनुरोध गरेको छ।

ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन अथवा टेलिकमको कार्यालयमा सम्पर्क गर्न ‍नेपाल ‍टेलिकमले अनुरोध गरेको छ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले दुई साताअघि काठमाडौंबाट भैरहवा लैजाने क्रममा कार्ड हराएको बताए।

हराएका कार्डमा पैसा नहुने भएकाले कसैले पनि ती कार्ड नकिन्न उनले अनुरोध गरे।

‘ढुवानीको क्रममा रहेका कार्ड टेलिकमको सम्बन्धित कार्यालयमा पुगेर सिस्टममा इन्ट्री नगरेसम्म ती कार्डमा पैसा हुँदैन। त्यसैले अहिले हराएको कार्डमा पनि पैसा नभएकाले ती कार्ड किनेर रिचार्ज गर्न मिल्दैन,’ अधिकारीले भने।साभार:सेताेपाटी

Related posts

नेपाल प्रहरी र सशस्त्रका एसपीदेखि जवानलाई बिहान ७ बजेदेखि नै तयारी अवस्थामा बस्न सर्कुलर

MadhesKhabar

महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ

MadhesKhabar

जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी

MadhesKhabar

Leave a Comment