Madhes Khabar
समाचार

मलाई बधाई दिन फोन नगर्नुहोला, कवाडी वैज्ञानिकमन्त्री भन्नुहोला: महावीर पुन

काठमाडौं,६असाेज:शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सिफारिस भएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बधाईका लागि आँफुलाई फोन नगर्न अनुरोध गरेका छन् ।

मन्त्रीको सपथ लिनुअघि पुनले आफूलाई बधाईका लागि फोन नगर्न र खादा–माला नल्याउन अनुरोध गरेका हुन् । उनले बधाईको साटो शिक्षा क्षेत्र सुधारका लागि केही योजना भए ह्वाट्सएपमा पठाउन भनेका छन् ।

साथै, उनले आफूलाई मन्त्री पनि नभन्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मलाई कसैले पनि मन्त्री नभन्नुहोला । कसैलाई मन्त्री नै भन्न सारै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’


लामो समयदेखि वैज्ञानिक खोज, अध्ययन र अनुसन्धानमा सक्रिय पुन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको लागि सिफारिस भएका छन् ।

उनीसहित अन्य मन्त्रीहरूको आज (साेमबार)सपथ ग्रहण कार्यक्रम रहेको छ ।

Related posts

मधेस प्रदेशका पूर्वप्रमुख अहिराजलाई थुनामा पठाउने अदालतको आदेश

MadhesKhabar

वीरगन्ज भन्सार अगाडिबाटै तस्करीको १५ लाख बढीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

जग्गाको कित्ताकाट फेरि खुल्यो

MadhesKhabar

Leave a Comment