Madhes Khabar
समाचार

जग्गाको कित्ताकाट फेरि खुल्यो

फाइल तस्बिर ।

काठमाडौं,२५भदौं :जग्गा वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट सरकारले फेरि खुलाएको छ । सरकारले भू–उपयोग नियमावली, २०८० संसोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्म समय थप गर्दै कित्ताकाट खुलाएको हो ।

देशभरका ७५३ पालिकामध्ये १३३ पालिकाले मात्रै हालसम्म पूर्ण जग्गा वर्गीकरण गरेको नापी विभागले जनाएको छ । पालिकाहरूले जग्गा वर्गीकरण नगर्दा भदौयता ६२० पालिकामा कित्ताकाट रोकिएको थियो । सरकारले जग्गा वर्गीकरणका लागि समय थप गर्दै कित्ताकाट खुलाएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गा वर्गीकरणका लागि आगामी असारमसान्तसम्मको समय थप गर्दै कित्ताकाट खोल्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बताए । ‘जग्गा वर्गीकरणका लागि आगामी असार मसान्तसम्मका लागि समय थपिएको छ,’ उनले भने, ‘अब देशभर कित्ताकाट खुल्यो ।’

पालिकाहरूले आगामी असारसम्म जग्गा वर्गीकरण गरेनन् भने फेरि कित्ताकाट रोकिने समेत उनको भनाइ छ ।विभागका अनुसार २९५ पालिकाले अहिलेसम्म जग्गा वर्गीकरण नै सुरू गरेका छैनन् । वर्गीकरण नै नगरेका र आंशिक गरेका सबै पालिकामा भदौयता कित्ताकाट रोकिएको थियो ।

भू–उपयोग ऐन, २०७६ आएको ३ वर्षपछि सरकारले २०७९ जेठ २३ मा भू–उपयोग नियमावली जारी गरेको थियो  । नियमावलीअनुसार पालिकाले कृषि र गैरकृषि छुट्याइसकेपछि मात्र कित्ताकाट गर्न पाइन्थ्यो । सरकारको यो नीतिका कारण सोही वर्षको साउनदेखि कित्ताकाटसँगै समग्र घरजग्गा कारोबार घट्न थालेको थियो । पालिकाले कृषि र गैरकृषि छुट्याउन ढिलाइ गरेपछि २०७९ मंसिरदेखि कित्ताकाट ठप्प भएको थियो ।साभार : ईकान्तिपुरबाट

 

Related posts

देशभरका यातायात कार्यालयहरुमा सवारी चालक लाइसेन्ससँग सम्बन्धित सबै सेवाहरू बन्द

MadhesKhabar

कलैयाको यातायात कार्यालयले ४ महिना मै उठायो २ करोड २० लाख राजश्व

MadhesKhabar

मधेस प्रदेशका पूर्वसांसदसहित २ जना अदालतमा धरौटी बुझाएर रिहा

MadhesKhabar

Leave a Comment