Madhes Khabar
समाचार

मौसम विभागले भन्यो : एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ

काठमाडौं,२९जेठःजल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ ।यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम विभागले जनाएको हो ।

विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बिहीबारबाट देशव्यापी रूपमा वर्षाका गतिविधि वृद्धि हुँदै गएको जानकारी दिइन् । केही दिनमा ७ वटै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना देखिएको उनले बताइन् ।उनले हालसम्म मनसुनी वायु पूर्वी क्षेत्रमा मात्रै रहेको र एक साताभित्र देशभर फैलने जानकारी दिइन् ।

कँडेलले यस वर्ष देशभर वर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम समेत औसत भन्दा बढी मापन हुने सम्भावना देखिएको उल्लेख गरिन् ।उनले जल तथा मौसम प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि सर्वसाधारणहरूले समेत मौसमको जानकारी लिनुपर्ने बताइन् ।

 

Related posts

प्रेमिकाले बलात्कारको आराेप लगाएपछि बाराका एक डाक्टर पक्राउ

MadhesKhabar

बाराको इटियाही बजारमा सोनलले गरे टावर लाइटको उद्घाटन

MadhesKhabar

ठोरीमा ढुङगाले हानेर घाइते बनाइएका युवकको मृत्यु

MadhesKhabar

Leave a Comment