Madhes Khabar
समाचार

प्रेमिकाले बलात्कारको आराेप लगाएपछि बाराका एक डाक्टर पक्राउ

सांकेतिक फाेटाे

काठमाडौं,२साउन: काठमाडौंमा प्रहरीले बलात्कार आरोपमा एक चिकित्सकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कोल्हबीका ३६ वर्षीय डाक्टर चन्द्र भूषण चौधरी रहेका छन्।

प्रेमिकाले बलात्कारको आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हाे।चाैधरीले विवाह गर्ने प्रलोभन देखाएर धोखा दिएको आरोप २६ वर्षीया प्रेमिकाको रहेको छ।

आरोपी चौधरीले जाहेरवाला युवतीसँग प्रेममा रहेको कुरा स्वीकार गरे पनि परिवारले विवाह गर्न नमानेका कारण आफू टाढिनु परेको बयान दिएका छन्।

परिवारले विवाहका लागि केटी खोज्न थालेपछि आफूविरुद्ध जाहेरी परेको उनले अनुसन्धानका क्रममा बताएका छन्।

चौधरी २०७५ सालमा बंगलादेशबाट एमबीबीएस सकेर नेपाल फर्किएका थिए। काठमाडौंको शान्तिनगरमा डेरा कोठामा बस्ने क्रममा त्यही घरमा बस्दै आएकी जाहेरवाला युवतीसँग भेट भएको र पछि प्रेम सम्बन्धमा रहेको उनले बयानका क्रममा बताएका छन्।

प्रेम सम्बन्धबारे दुवै परिवारलाई थाहा भए पनि आफ्नो परिवारले आनाकानी गरेका कारण आफू प्रेमिकाबाट टाढिनु परेको उनको भनाई छ।साभार:नेपाल प्रेस

Related posts

संघीय सरकारले प्रहरी समायोजन नगरे संघर्षमा उत्रिने मन्त्रि साहको चेतावनी

MadhesKhabar

पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति,अब तारेख धाउन नपर्ने

MadhesKhabar

नेपाल प्रहरी र सशस्त्रका एसपीदेखि जवानलाई बिहान ७ बजेदेखि नै तयारी अवस्थामा बस्न सर्कुलर

MadhesKhabar

Leave a Comment