Madhes Khabar
समाचार

पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति,अब तारेख धाउन नपर्ने

काठमाडौं,१९चैत:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाकाे रकम ठगी प्रकरणमा वारेसमार्फत मुद्दा लड्न पाउने भएका छन् ।

 

लामिछानेले हिजो (बुधबार) वीरगन्ज स्थित पर्सा जिल्ला अदालतमै आएर तारेख बुझेका थिए । त्यस क्रममा उनले वारेस पाउन पनि माग गरेका थिए । बिहीबार न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले रविले माग गरे बमोजिम आदेश जारी गरेको हो ।

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, रविले तारेख बुझेसँगै वारेसबाट मुद्दा लड्नका लागि वारेस पाएका हुन् ।

`उहाँले वारेसका लागि अनुमति पाउँ भन्नुभएको थियो । आज अनुमति भएको छ,’ उनले भने ।

योसँगै अब रवि तारेखका लागि पर्सा जिल्ला अदालत पुग्न नपर्ने भएको छ । पर्साको वीरगन्ज-१० स्थित सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ ।

रवि लामिछाने फागुन २१ को निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन् ।साभार:अनलाइनखबर

Related posts

पत्रकार साहमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न प्रेस युनियन पर्साको माग

MadhesKhabar

हिमाल आरोहणका लागि ९ सय ४५ जनालाई अनुमति

MadhesKhabar

सूर्य नेपाल प्रालिको कर्मचारी भन्दै व्यपारीहरुलाई ठग्ने वीरगन्जका ३ जना पक्राउ

MadhesKhabar

Leave a Comment