वीरगन्ज,२असारः नेपाल प्रेस युनियन पर्साले प्रेस युनियनका सदस्य एंव कालिका टाइम्स दैनिक पत्रिकाका प्रबन्ध निर्देशक छठु साहमाथि नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरेको दुब्र्यवहारको घटनाको घोर भत्र्सना गरेको छ ।
पर्साको कालिकामाई गाउँपालिका वडा नंबर २ गदियानीमा गाँउपालिका कार्यालयले सञ्चालन गरेको कृषि तथा पशु उपशाखा कार्यालयकोे भवन भत्काउने क्रममा शनिबार प्रहरीले स्थानिय महिलामाथि गरेको ज्यादतीको भिडियो रेकर्ड गर्ने क्रममा प्रहरीले सञ्चारकर्मी साहमाथि जाई लाग्दै मोबाइल खोसेर फुटाउनका साथै अमानीय दुब्र्यवहार गरेको घटनाको प्रेस युनियन पर्साले आइतबार एक विज्ञप्ति जारी गरेर भत्र्सना गरेको हो ।
युनियन पर्सा शाखका अध्यक्ष विजय चौहानले जारी गरेको विज्ञप्तिमा भनिएको छ– महिलामाथि पूरुष सुरक्षाकर्मीले बल प्रयोग गरेको भिडियो समाचार प्रायोजनका लागि खिच्नु सञ्चारकर्मीको अधिकार भएपनि प्रेस स्वतन्त्रतालाई समेत कुन्ठित गर्ने मनोवृतीमा देखा परेका पर्साका सुरक्षाकर्मीले संञ्चारकर्मी साहमाथि आक्रमण गरी उनलाई अपमानित गरी प्रेस स्वतन्त्रतामाथि नै आक्रमण गरेको हाम्रो ठहर छ ।
त्यसका कारण संचारकर्मी साहलाई दुब्र्यवहार गर्ने घटनाको छानबिन गरी त्यसमा संलग्न दोषी प्रहरीहरुलाई तत्काल कानुन बमोजिम कारबाही गर्न प्रेस युनियन पर्साले माग गरेको छ । साथै सञ्चारकर्मी साहको माबाइलमा पुरयाइएको क्षतिको क्षतिपुर्तपनि उपलब्ध गराउनपनि नेपाल प्रेस युनियन पर्साले माग गरेको छ ।
समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथि विभिन्न निहुँमा आक्रमण गर्ने प्रवृतिले समग्र प्रहरी संगठनकैं गरिमालाई घटाउदै लैजाने भएकाले दोषी प्रहरीलाई कारबाही गरी सञ्चारकर्मीको मोबाइलमा समेत क्षेती भएकाले सोको क्षतिपूर्ती समेत दोषीबाटै उसुलउपर गराउन माग गर्दै प्रेस युनियन पर्साका अध्यक्ष चौहानले अन्यथा प्रहरीका विरुद्ध प्रेस युनियन पर्सा शाखा संर्घषमा उत्रिने चेतावनी समेत दिएका छन् ।


