Madhes Khabar
समाचार हेडलाइन

वीरगन्जका वीरेन्द्र सोनारको हत्या उनकै श्रीमति र प्रेमीले गरेको खुलासा

वीरगन्ज,१५कार्तिकःवीरगन्ज–३ छपकैयाका युवक वीरेन्द्र साह सोनारको हत्यामा संलग्न युवकलाई बारा प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी २६ वर्षिय युवक वीरेन्द्र साह सोनारको शव हत्या गरिएको अवस्थामा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ स्थित गण्डक नहरको त्रिवेणी पुल नजिक कार्तिक १ गते फेला परेको थियो ।असोज २७ गते बाराको मुसहर्वामा लाग्ने मेला हेर्न भनेर घरबाट निस्किएका सोनारको शव कार्तिक १ गते पुल नजिक टाउको पछाडि चोट लागेको अवस्थामा भेटिएको थियो ।

सोनारको हत्यामा संलग्न मुख्य आरोपित पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ का २८ वर्षिय विजय कुमार साह कलवारलाई बारा प्रहरीले सोनारको हत्या भएको एक हप्तापछि भारतको रक्सौलबाट पक्राउ गरेकोमा बिहीबारमात्रै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । सोनारको शव भेटिएकै दिन प्रहरीले सोनारकी श्रीमति मनिषा देवीलाईपनि नियन्त्रणमा लिएको थियो ।

बिहीबारको पत्रकार सम्मेलनमा बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले सोनारकी श्रीमति मनिषा र विजयबिच प्रेम सम्बन्ध रहेको र त्यसैका कारण विजयले सोनारको हत्या गरेको जानकारी दिए ।

असोज २७ गते मुसहर्वाको मेला हेरेर फर्कने क्रममा राति ९.३० बजेको समयमा विजयले पछाडिबाट गम्छाले सोनारको घाँटीमा कसेर हत्या गरेको र शव गण्डक नहर छेउको त्रिवेणी पुलमुनि फालेर हिडेको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए । सोनारको हत्यामा उनकी श्रीमति मनिषाकोपनि मिलोमतो रहेको देखिएकाले उनलाईपनि प्रहरी हिरासतमा राखेर नूनी कारबाही प्रकृया अगाडि बढाइएको उनले बताए ।

Related posts

पर्साकाे १ र २ मा जसपा गठबन्धन , पर्सा ३ र ४ मा काँग्रेस गठबन्धन अगाडि

MadhesKhabar

पर्सा १ मा लक्ष्मणलाल कर्णलाई जिताउन काँग्रेसी नेताहरु खुलेर लागे

MadhesKhabar

पर्सा :जग्गा विवादमा भाईमाथि बन्दुक ताकेर हान्न खाेज्ने दाई हतियारसहित पक्राउ 

MadhesKhabar

Leave a Comment