Madhes Khabar
समाचार हेडलाइन

समृद्ध क्षेत्र र सुखी जनताको सङ्कल्पसहित मतदाताहरूसँगै अघि बढ्ने पर्सा – १ का एमाले उम्मेदवार प्रदीप यादवको प्रतिबद्धता

वीरगञ्ज, २ फागुन: पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ र १३ मा नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा उनले स्थानीयहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको दैनिक जीवनसँग सम्बन्धित समस्या, सुझाव र अपेक्षाहरू सुनेका छन् ।

घरदैलोको अवसरमा यादवले जनताको मागअनुसार शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सामाजिक पूर्वाधार र रोजगारी सिर्जनामा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यादवले विगतमा निर्वाचित सांसद र मन्त्रीको रूपमा पर्सा जिल्लामा गरेको विकास कार्यको स्मरण गराउँदै, सडक सुधार, खानेपानीको सहज पहुँच, विद्यालय र स्वास्थ्य संस्थाहरूको विकास तथा सामाजिक कल्याण योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरेको चर्चा गरे । आफूले यसअघि गरेको कामले आगामी दिनमा थप दिगो र समावेशी विकास कार्यको आधार तयार गरेको उनले दाबी गरे ।साथै उनले नेकपा (एमाले) को चुनावी एजेन्डालाई स्पष्ट गर्दै विकास, सुशासन, स्वास्थ्य र शिक्षामा सुधार, स्थानीय रोजगार सिर्जना, आर्थिक समृद्धि र महिला तथा सामाजिक समूहहरूको संरक्षण जस्ता बुँदामा जोड दिए ।

“हामी विकास, सुशासन र समृद्धिको यात्रालाई निरन्तरता दिनेछौँ । सबैले सूर्य चिन्हमा मतदान गरेर नेकपा (एमाले) लाई समर्थन गर्नुपर्छ । जनताको विश्वास, साथ र मायाले हामीलाई अझ बढी जिम्मेवारीका साथ काम गर्ने ऊर्जा प्रदान गरेको छ । समृद्ध क्षेत्र र सुखी जनताको सङ्कल्पसहित हामी तपाईँहरूसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्छौँ,” उनले भने ।

घरदैलो कार्यक्रममा नेकपा (एमाले) का नेता र कार्यकर्ताहरूसँग स्थानीय समर्थक र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Related posts

वीरगन्ज –१० का वडाध्यक्षले घरको फर्निचर र कम्प्युटर लगेर सञ्चालनमा ल्याए वडा कार्यालय

MadhesKhabar

वीरगन्जमा जाडाे अत्याधिक बढेपछि महानगरपालिकाले ठाउँ ठाँउमा आगाे ताप्ने व्यवस्था मिलायाे

MadhesKhabar

वीरगन्ज महानगरको उपमेयरमा काँग्रेसबाट १३ जनाको नाम सिफारिस

MadhesKhabar

Leave a Comment