Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्जमा जनमत पार्टीको महाधिवेशन सम्पन्न : अध्यक्षमा पुनः डा. सीके राउत निर्वाचित

वीरगन्ज,१८असोजः जनमत पार्टीको अध्यक्षमा पुनः डा. सीके राउत निर्वाचित भएका छन् । वीरगन्जमा सम्पन्न दोस्रो महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा राउत ९ सय ५८ मतसहित अध्यक्षमा निर्वाचित भएको केन्द्रिय निर्वाचन समितिका अध्यक्ष सन्जयकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार, निर्वाचनमा २६ पदाधिकारीसहित ९९ पदका लागि मतदान भएको थियो । अध्यक्ष पदमा डा. राउतको मात्र उम्मेदवारी परेको भएपनि पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान भएकाले अध्यक्ष पदमाा पनि मतदान भएको थियो ।

यसैगरी उपाध्यक्षमा सिरहाकी अनिताकुमारी मण्डल ६०८ मतका साथ, धनुषाकी अनितादेवी साह ६०६ मतका साथ, कपिलवस्तुका नरेन्द्र चौधरी ६०३ मतका साथ, रौतहटका बसन्त कुमार कुशवाहा ५८५ मतका साथ, सप्तरीका डा. जयकान्त राउत ५७३ मतका साथ , सिरहाका राजयकुमार यादव ५५६ मतका साथ र पर्साका माधव प्रसाद सिंह ३९६ मतका साथ विजयी भएका छन् । उपाध्यक्ष पदमा ११ जना प्रतिस्पर्धामा थिए ।

महासचिव पदमा सञ्जयकुमार यादव (सिरहा) निर्वाचित भएका छन् । यादव ६१८ मत सहित विजयी भएका हुन् । महासचिवका लागि ममता झा र चन्दनकुमार सिंहले पनि उम्मेदवारी दिएका थिए । झाले दुई सय २० र सिंहले एक सय ६५ मत पाए । उनीहरुले २० प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको जनमत पार्टीले जनाएको छ ।

उपमहासचिव पदमा सिरहाका निर्मलकुमार मण्डल ५०१ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी रौतहटका ललितचन्द्र मल्लिक ४१४ मत पाउँदै पराजित भए ।

सचिव पदमा बाराका पारसप्रसाद साहसहित, सुरेन्द्र शर्मा, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन् । सात जना सचिवका लागि ९ जना चुनावी मैदानमा थिए । बाराका रामबाबु साह र महोत्तीका वीरेन्द्र महतो पराजित भएका छन् ।

यसैगरी कार्यकारिणी सदस्यमा पर्साबाट ५ जना निर्वाचित भएका छन् । कार्यकारिणी सदस्यमा पर्साबाट विनय यादव,रम्भा मिश्र,अनितादेवी रौनियार,मालती कुशवाहा र राजु गिरी निर्वाचित भएका हुन् । कार्यकारिणी सदस्यमा पर्साबाट नजमा खातुन, श्याम प्रसाद गुप्ता र सन्तोषकुमार साह भने पराजित भएका छन् ।

यस्तै कार्यकारिणी सदस्यमा बाराबाट पनि चार जना निर्वाचित भएका छन् ।बाराबाट निर्वाचित हुनेमा शिवनाथ पटेल, सन्तोष पटेल, बिजय गुप्ता, सुरेश प्रसाद र गजानन्द प्रसाद यादव निर्वाचित भए । बाराका विकासकुमार सिंह, राजकुमार कुशवाहा, लक्ष्मीकान्त गुप्ता, राजेश साह, राजु प्रसाद साह, सदाम अन्सारी र फिरोज अन्सारी पराजित भएका छन् ।

यस्तै कपिलवस्तुका धिरज चौधरी,लक्ष्मी चौधरी,विनोद चौधरी, काठमाडौंका श्यामसुन्दर साह,झापाका अमृतलाल महतो, धनुषाका डा. सुरेन्द्र यादव, रामपुकार यादव, ब्रम्हदेव यादव, सन्जय प्रधान र अशोक कुमार साहपनि कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् । यस्तै नवलपरासी पश्चिमका अमिरुल्लाह जोलाहा, बर्दियाकी दिपिका यादव , बाँकेका विष्णु यादव, महोत्तरीका वीरेन्द्र कुमार मण्डल, फुलचन मुखिया,सन्तबहादुर साह र कौशलेन्द्र गिरी पनि कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।

 

Related posts

आजदेखि दसैं सुरु,नवरात्रको पहिलो दिन शैलपुत्रीकाे पूजा आराधना गरिदैं

MadhesKhabar

राजतन्त्रमा खुलेको वीरगन्ज चिनी कारखाना बहुदलमा बन्द

MadhesKhabar

आगामी नीति, कार्यक्रम तथा बजेट देशमा आर्थिक क्रान्ति ल्याउने खालको हुन्छ : प्रधानमन्त्री प्रचण्ड

MadhesKhabar

Leave a Comment