Madhes Khabar
समाचार

राष्ट्रिय भूमि आयोग पर्साद्वारा जनप्रतिनिधीलाई अभिमुखीकरण

मधेसखबर
वीरगन्ज, ७ साउन :पर्साको बहुदरमाई नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय भूमि आयोग पर्साले बहुदरमाई नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुको लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले सक्रियता बढाएको हो ।

भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका सदस्य सुरेन्द्र सिंहले प्रशिक्षण दिएका थिए ।  भूमि सम्बन्धी कामको सहजताका लागि सेवा केन्द्र सहजीकरण समिति गठन गर्ने र नगरपालिकामा सेवा केन्द्रको स्थापना पनि निर्णय भएको आयोग पर्साका अध्यक्ष अहमदले बताए ।

उनकाअनुसार बाँकी रहेको सूचना तथा तथ्यांक संकलनका लागि केन्द्रीय आयोगलाई सिफारिस गर्ने पनि निर्णय गरिएको छ ।

अभिमुखीकरण कार्यक्रममा बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंगासन सा तेली, उपप्रमुख सुष्मा कुशवाह, भूमि आयोग पर्साका सदस्य हेम कुमारी भट्टराई, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

राष्ट्रिय भूमि आयोग पर्साले वीरगञ्ज महानगरपालिका, पर्सागढी र बहुदरमाई नगरपालिका र ठोरी गाउँपालिकामा सम्झौता गरेर गतिविधि अघि बढाएको छ । अन्य पालिकामा पनि दोस्रो चरणमा सम्झौता गरेर काम अघि बढाइने तयारी भइरहेको आयोगका अध्यक्ष अहमदले जानकारी दिए ।

Related posts

पर्साको भौराटारबाट गाँजा र अफिमसहित एक युवक पक्राउ

MadhesKhabar

पर्सामा काँग्रेसका ४ , एमालेका ३ र जसपाका १ वडा अध्यक्ष विजयी

MadhesKhabar

दुर्घटना रोक्न राजमार्गमा गुडिरहेका सवारीसाधनको यान्त्रिक चेकजाँच

MadhesKhabar

Leave a Comment