Madhes Khabar
समाचार

पर्साको भौराटारबाट गाँजा र अफिमसहित एक युवक पक्राउ

वीरगन्ज,१३चैतःपर्सामा लागू औषध गाँजा र अफिमसहिथ एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ६ भौराटारका ३३वर्षिय अमेरिका प्रसाद साह गोढ रहेका छन् ।

प्रहरीले उनलाई गाँजा १३ किलो र अफिम जस्तो देखिने पदार्थ ७१.८० ग्रामसहित पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।लम्सालका अनुसार, विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले गोढको घरमा पुगेर खानतलासी गर्दा गाँजा र अफिम बरामद गरेको हो ।

गाँजा र अफिमसहित पक्राउ परेका गोढलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध लागू औषध कसूर मुद्धामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।

Related posts

खानेपानी संस्थान सञ्चालक समितिकाे सदस्यमा वीरगन्जका मेयर सिंह नियुक्त

MadhesKhabar

पर्सामा पनि श्रमजिवी पत्रकार संघ गठन,अध्यक्षमा आरके पटेल

MadhesKhabar

जगरनाथपुर–५ चिल्झपट्टीमा रमेश रिजालको घरदैलो सम्पन्न

MadhesKhabar

Leave a Comment