Madhes Khabar
समाचार

पर्सामा पनि श्रमजिवी पत्रकार संघ गठन,अध्यक्षमा आरके पटेल

वीरगन्ज,६माघः पर्सामा पनि श्रमजिवी पत्रकारसंघको जिल्ला कार्य समिति गठन गरिएको छ ।अध्यक्ष आर के पटेलको अध्यक्षतामा श्रमजिवी पत्रकार संघ पर्साको जिल्ला कार्यसमिति गठन गरिएको हो ।जसको घोषणा आइतबार गरिएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आइतबार खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यतामा श्रमजिवी पत्रकार संघ पर्सा शाखाको जिल्ला कार्यसमिति घोषणा गरिएको हो । संघको उपाध्यक्षमा प्रणय साह ,महिला उपाध्यक्षमा विमला गुप्ता, सचिवमा नितेश कर्ण, कोषाध्यक्ष दीपक कुहवाहा र सहसचिवमा अर्जुन गुप्ता र विशाल यादव रहेका छन् ।यस्तै सदस्यहरुमा जाकिर हुसेन,राज सर्राफ, पुनम चौधरी,सुमेश्वर साह,राजकुमारी गुप्ता,राजु बैठा,विनोद यादव र विशाल पटेल रहेका छन् ।

कार्यक्रममा बोल्दै खानेपानी मन्त्री यादवले श्रमजिवी पत्रकारहरुको हकहितका लागि स्थापना भएको श्रमजिवी पत्रकार संघलाई श्रमजिवीकै हकहित र पक्षमा काम गर्न सुझाव दिए ।देशको आर्थिक मन्दीको मारमा नेपालको मिडिया क्षेत्रपनि परेको बताउँदै उनले नेपाल पत्रकार महासंघसंग सहकार्य गरेर श्रमजिवी पत्रकारका समस्या सम्बोधन गराउन श्रमजिवी पत्रकार संघलाई आग्रहपनि गरे ।

मन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल , पूर्व उपाध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य मनोज पटेल,नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान,पत्रकार महासंघ पर्साका सदस्य अजित भुजेल लगायतकाकोपनि सहभागीता थियो ।

Related posts

भीषण हावाहुरीले चितवनमा ३ जनाको मृत्यु

MadhesKhabar

उम्मेदवारमाथि भएको सांघातिक हमलाप्रति पिपुल फ्रष्ट पार्टीको कडा आपत्ति

MadhesKhabar

साउदी अरबले ६५ जना नेपालीलाई दियो आममाफी

MadhesKhabar

Leave a Comment