Madhes Khabar
समाचार

भीषण हावाहुरीले चितवनमा ३ जनाको मृत्यु

मधेसखबर
वीरगन्ज, ०६ जेठ :
चितवन जिल्लामा शुक्रबार साँझ भीषण हावाहुरीसहित आएको पानीले तीन जनाको मृत्यु भएको छ ।
हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै मृत्यु भएएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरहरि घिमिरेले जानकारी दिए । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको रुखले च्यापिएर मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका ११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूख ढलेर च्याप्दा भरतपुर ११ लामाटोल बस्ने वर्ष ५० का प्रदीपकुमार लामा र अटोमा सवार परिचय नखुलेकी अन्दाजी ५०÷५१ वर्षकी महिलाको घट्नास्थलमै नै मृत्यु भएको हो ।अटोमा सवार अबिता गुरुङ र तुलमाया गुरुङ सामान्य घाइते भएका छन् । उनीहरुको भरतपुर सिथ्त पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
यस्तै हावा हुरीको कारण रूख ढल्दा भरतपुर महानगरपालिका ११ बसेनी चोकमा बिशाल चोकबाट बसेनीतर्फ जाँदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर ११ बस्ने वर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको प्रनाउ घिमिरले बताए ।राती वर्षा सहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढलेको थियो ।
भीषण हावाहुरीले नारायणी नदीको पुल माथि रहेका सबै बिजुलीका सबै पोल भाँचिदिएको छ । नारायणगढदेखि गैंडाकोटसम्मका पुलमाथि रहेका सबै पोल भाँचिएका छन् ।पोल नारायणी नदीतर्फ झुन्डिएको अवस्थामा छन् । पोलहरू ढल्दा रेलिङसमेत भाँचिएको छ ।अकस्मात आएको हावाहुरीले गुडिरहेको ट्रकलाई नारायणी पुल माथि नै लडाइदिएको थियो ।
पुलमा रहेको बारले गर्दा ट्रक नदीमा खस्नबाट जोगिएको प्रहरीले जनाएको छ। ट्रक लडेपछि केहीबेर पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध बनेको थियो । क्रेनको सहायताले ट्रकलाई उठाएपछि राजमार्ग खुलेको छ ।

Related posts

विश्व हिन्दु परिषद्को माग : पर्साका सीमानाकाबाट हुने रोहिंग्याको घुसपैठ सरकारले रोक्नु पर्‍यो

MadhesKhabar

अमलेखगञ्जको जंगलबाट गाँजासहित मोटरसाइकल बरामद, तस्करहरु फरार

MadhesKhabar

नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी दरबन्दीमा फिर्ता

MadhesKhabar

Leave a Comment