Madhes Khabar
समाचार

नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी दरबन्दीमा फिर्ता

काठमाडौं,१५चैतः नियम विपरीत काजमा खटिएका ८७७ जना प्रहरी कर्मचारीलाई दरबन्दीमा फिर्ता गरिएको छ । २०७९ चैत १० गतेदेखि २०८० फागुन ३० गतेसम्मको अवधिमा नियम विपरीत काजमा खटिएका ८७७ जना प्रहरीलाई दरबन्दीमा फिर्ता गरिएको हो ।

वसन्तबहादुर कुँवर प्रहरी महानिरीक्षक (आइजीपी) भएपछि अनावश्यक काजलाई रोक्न भन्दै नियम विपरीत काजमा बसेको पाइएमा दरबन्दीमा फिर्ता गर्न सबै प्रहरी कार्यालयलाई परिपत्र गरिएको थियो ।उक्त समयदेखि अहिलेसम्म नियम विपरीत काजमा खटिएका प्रहरी कर्मचारीको काज रद्द गरी दरबन्दीमै फिर्ता गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए । संगठन र व्यक्तिको लागि अति आवश्यक बाहेकको हकमा अहिले काज नगर्ने हेडक्वाटरको नीति रहेको प्रवक्ता ढकालको भनाइ छ ।

त्यस्तै पछिल्लो १ वर्षमा ४ हजार ३४ प्रहरी कर्मचारीको बढुवा गरिएको छ । ३० हजार ६६२ प्रहरीको सरुवा गरिएको ढकालले बताए ।साभार : अनलाइनखबरबाट

Related posts

सवारी दुर्घटना रोक्न स्पीड ब्रेकर निर्माण गर्ने राधेमाइका युवाहरुको निर्णय

MadhesKhabar

हमासले अपहरण गरेका विपिनको रिहाईका लागि पहल गरिदिन विश्व हिन्दु परिषद वीरगन्जको माग

MadhesKhabar

बालयौन शोषणमा बम्जन दोषी ठहर

MadhesKhabar

Leave a Comment