Madhes Khabar
समाचार

एम्बुलेन्समा पटकाको तस्करी

सर्लाही,२कार्तिकः भारतको सोनवर्षाबाट एम्बुलेन्समा हालेर नेपालतर्फ ल्याउँदै गरेको विस्फोटक सामग्री पटका र अवैध किरानाका समानसहित ३ जनालाई सर्लाहीमा प्रहरीले पक्राउ गरेको छ। सीमा नजिकैबाट जिल्ला भन्सार कार्यालय मलंगवा र प्रस्तावित सुरक्षा गुल्म मलंगवाको संयुक्त टोलीले अवैध समानसहित बिहीबार साझ एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो ।

नेपाल परिवार नियोजन संघ सर्लाही शाखा मलंवा लेखिएको को१च ५८९६ नम्बरको एम्बुलेन्समा समान ल्याउँदै गरेको अवस्थामा समानसहित ३ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा एम्बुलेन्स चालक हरिवन नगरपालिका ११ का ३६ वर्षीय विक्रम आचार्य, पटका मालिक ३६ वर्षीय मनोज रजक र किराना समानका मालिक ४३ वर्षीय छोटेलाल दास रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका समानहरूमा १४ प्रकारका पटका र ३४ प्रकारका किरानाका समान रहेको सशस्त्र प्रहरीले जनाएको छ। एम्बुलेन्सको सिटमुनी पटका र त्यसमाथि किरानाका समान ल्याउँदै गरेको अवस्थामा एम्बुलेन्सलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। चाडपर्व नजिएसँगै विभिन्न नाकाबाट पटकाहरू भित्रिने गरेको छ। योभन्दा अगाडि पनि सर्लाहीमै सशस्त्र प्रहरीले करिब १८ लाख बराबरको पटका बरामद गरेको थियो।

 

Related posts

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

MadhesKhabar

बारामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किदाँ एक जनाको मृत्यु

MadhesKhabar

Leave a Comment