Madhes Khabar
समाचार

बलात्कार प्रकरणमा सन्दीपको दाबी : घटना घटेको होइन, घटाइएको हो

काठमाडौं,२५बैशाख:बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई फसाइएको दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा लामो आफ्नो धारणा राख्दै उनले घटना घटको नभएर घटाइएको जिकिर गरेका छन् ।

आफू दोषी प्रमाणित भए फाँसीमा चढाए पनि हुने उनले बताएका छन् । ‘यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् । मलाई ८ वर्षले पुग्दै पुग्दैन। तपाईँहरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाँले बुझेको छ’, उनको दाबी छ ।

उनले अगाडि भनेका छन्, ‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो ।’

लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै बेला उनले सामाजिक अभियन्ता र आफूमाथि खनिरहेकाहरूप्रति समेत कटाक्ष गरेका हुन् ।साभार:राताेपाटीबाट

Related posts

नेतृत्वको असक्षमताका कारण नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित

MadhesKhabar

रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने किशाेरीका बुबाकाे दुर्घटनामा मृत्युु

MadhesKhabar

नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी दरबन्दीमा फिर्ता

MadhesKhabar

Leave a Comment