वीरगन्ज,२५जेष्ठ:आँफैले ताेकेकाे मितिमा निर्वाचन गर्न नसकेकाे भन्दै सामाजिक सञ्जालमा चर्काे आलाेचना भएपछि नेपाल पत्रकार महासंघका पदाधिकारीले महासंघको निर्वाचन स्थगित भएको छ । जेष्ठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएपनि मतदाता नामावलीमा देखिएको विवाद समाधान हुन नसकेकाले उक्त मितिमा मतदान नहुने भएको हो ।
मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।
निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन पोखरेलले आग्रहपनि गरेका छन् ।


