Madhes Khabar
समाचार

सिमरामा चक्कु प्रहार गरी हत्या घटनाः राईसहित ५ जना पक्राउ

बारा,४असाेज:बाराको सिमरामा शनिबार साँझ भएको चक्कु प्रहार घटनाको अनुसन्धान गर्न प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये हालसम्म चक्कु प्रहार गर्ने मुख्य आरोपित आयुश राईको नाम मात्रै खुलेको छ ।

घटनालगत्तै फरार भएका २३ वर्षीय राईलाई प्रहरीले जीतपुरसिमरा–१६ महेन्द्रनगरस्थित स्थित डाँडाटोलको धान खेतबाट राति ९ः३० बजे नियन्त्रणमा लिएको हो ।आइतबार साँझ सिमरास्थित नेपाल केबुल अगाडि रहेको सम्झना स्टाफ होटलमा बसिरहेका ३५ वर्षीय शेरबहादुर खड्कालाई होटलकै भान्साको चक्कुले रेटेर राई फरार भएका थिए । घटना भएको ५ घण्टामै राईलाई प्रहरीले धान खेतमा आफ्नै कपडाले मुख छोपेर लुकिरहेको अवस्थामा पक्राउ गरेको हो ।

घटनास्थलबाट पश्चिममा रहेको जंगलतर्फ फरार भएका राई राजमार्ग निस्किएर जीतपुरसिमरा–१६ को महेन्द्रनगर पुगेको सूचना प्रहरीले पाएको थियो । त्यसअघि उनले आफन्तसँग भाडा लिएको र गाडी चढेर महेन्द्रनगरतर्फ गएको बुझिएको छ ।

 

महेन्द्रनगरस्थित आफन्तको घरमा लुकेर बसेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्ट (डीएसपी) को नेतृत्वमा प्रहरी टोली पुगेको थियो । प्रहरी आएको थाहा पाएपछि राई उक्त घरबाट भागेर नजिकै रहेको अर्को आफन्तको घरमा पुगेका थिए । त्यहाँ पनि प्रहरी पुगेपछि राई धानखेतमा लुक्ने प्रयास गरेका थिए ।

प्रहरीले धान खेतलाई घेरा हालेर राईलाई नियन्त्रणमा लिन सफल भएको हो । आफन्तले प्रहरीलाई अल्मल्याउने प्रयास गरेपनि अन्ततः राईलाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाई छ । राईलाई भगाउन सहयोग गर्ने आफन्तलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने आफन्तको नाम खुलेको छैन ।

प्रहरीले यसअघि शनिबार साँझ दुई युवकलाई नियन्त्रणमा लिएको थियो । राईसँगै होटलमा आएका दुई युवकलाई प्रहरीले गण्डकस्थित बयोधा अस्पतालबाट नियन्त्रणमा लिएको हो । घाइते खड्कालाई लिएर उनीहरु दुई जना अस्पताल गएका थिए । घटनाको सोधपुछ गर्न प्रहरीले उनीहरुलाई अस्पतालबाटै नियन्त्रणमा लिएको हो ।

प्रत्यक्षदर्शीका अनुसार खड्का होटलमा बसिरहेका बेला मदिराले मातिएर राईसहित अन्य दुई युवा होटलमा आएका थिए । उनीहरुबीच के विवाद भएको भन्ने खुलेको छैन । होटल संचालकले पनि उनीहरुबीचको विवादका विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । अचानक राईले भान्सामा रहेको चक्कु ल्याएर राईको घाँटी रेटेर भागेका थिए । प्रहरीले होटल संचालकलाई पनि घटनाबारे सोधपुछका लागि नियन्त्रणमा राखेको छ ।साभार:इशिलालेख।

Related posts

पर्साको मसिहानीमा हुण्डीको रकमसहित एक भारतीय पक्राउ

MadhesKhabar

वीरगन्जमा लागूऔषधसहित बाराका दुई जना पक्राउ

MadhesKhabar

सर्वोच्च अदालतलाई बालेन सरकारको जवाफः स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन

MadhesKhabar

Leave a Comment