Madhes Khabar
समाचार

पर्साको मसिहानीमा हुण्डीको रकमसहित एक भारतीय पक्राउ

वीरगन्ज,१४असारःपर्सामा प्रहरीले हुण्डीको कारोबारी भएको आशंकामा एक भारतीय युवकलाई नगद रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतत बिहारकाो बेतिया जिल्लाकाो इनरुवा बजार घर भएका ३२ बर्षिइ सिताराम प्रसाद कुशवाहा रहेका छन् । कुशवाहालाई नगद ५ लाख ५० हजार रुपैयाँसहित पक्रााउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

उनका अनुसार, विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँँसो पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसियानीमा कुशवाहा सवार म.प्र.०३–०२६ प ५५९२ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उक्त मोटरसाइकलको कार्बोरेटरभित्र लुकाई छिपाई राखिएको नेपाली १ हजार दरको नोट ५ सय थान र ५ सय दरको नोट १ सय थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

श्रोत खुल्न नसकेको उक्त रकम हुण्डी कारोबारको रहेकाले कुशवाहालाई नियन्त्रणमा लिएर उनि बिरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।

Related posts

काठमाडौंमा अधिवक्ता त्रिपाठीलाई कुट्ने एक जना पक्राउ,अन्य व्याक्तिहरुकाे प्रहरीले खाेजी गर्दै

MadhesKhabar

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपा पर्साले गरायाे प्रधानमन्त्रीकाे ध्यानाकर्षण

MadhesKhabar

मकवानपुरमा भीरबाट लडेर पर्साका एक पुरुषको मृत्यु

MadhesKhabar

Leave a Comment