Madhes Khabar
समाचार

‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान

सर्लाही,१२जेठ:विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सम्पत्ति शुद्धिकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।

‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि साेमबार मलङ्गवा कारागार चलान गरिएको हो।

सम्पति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गते सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। मुद्दा सुनवाइका क्रममा बम्जन सर्लाही जिल्ला अदालत पुग्दा ठूलो सङ्ख्यामा उनका समर्थक तथा अनुयायीहरु अदालत अगाडि जम्मा भएका थिए।

यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो। बम्जनलाई सर्लाही जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो।

त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए। उच्च अदालत जनकपुरले सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते सफाइ दिएको थियो। उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए। तर साेमबार फेरि सम्पत्ति शुद्धिकरण मुद्दामा उनी जेल चलान भएका हुन् ।

Related posts

बाराको जितपुरबाट ठुलो परिमाणमा लागुऔषध गाँजा सहित २ जना पक्राउ

MadhesKhabar

एम्बुलेन्समा पटकाको तस्करी

MadhesKhabar

पर्सामा १६८९ मिटरब्याज सम्बन्धी उजुरी मेलमिलापबाट टुंगियो, २८ करोड बढी रकम फिर्ता

MadhesKhabar

Leave a Comment