Madhes Khabar
समाचार

पर्सामा १६८९ मिटरब्याज सम्बन्धी उजुरी मेलमिलापबाट टुंगियो, २८ करोड बढी रकम फिर्ता

वीरगन्ज,३०साउनःपर्सामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी १ हजार ६८९ उजुरी मेलमिलापमार्फत टुंगिएको छ ।जिल्ला प्रशासन कार्यालयमा १ हजार ७२९ र जिल्ला प्रहरी कार्यालय पर्सामा ६२९ गरी मिटरब्याज सम्बन्धि कूल २ हजार ३५८ उजुरी परेकोमा ती मध्ये साउन २८ गतेसम्ममा १ हजार ६८९ उजुरी मेलमिलापमार्फत टुंगिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले २२० उजुरी र जिल्ला प्रहरी कार्यालयले १ हजार ४६७ उजुरी मेलमिलाप मार्फत टुंग्याएको लम्सालले बताए ।६३७ वटा उजुरी भने अझै फछ्र्यौट हुन बाँकी रहेको उनले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक लम्सालका अनुसार, पर्सा जिल्लाका मिटरब्याजसम्बन्धी ३२ मुद्दा अदालतमा दर्ता भएका छन्। उक्त मुद्दामा १५ पुरुष र २ महिला गरी १७ जना पक्राउ परेका छन् ।

यसैगरि मेलमिलाप प्रक्रियाबाट फिर्ता भएको बिगो २८ करोड ५९ लाख ५५ हजार ५५७ रुपैयाँ रहेको र ४० बिघा १५ कठ्ठा १९ धुर जग्गासमेत पीडितलाई फिर्ता दिलाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता हुदैं आएको मिटरब्याजसम्बन्धि उजुरी २०८१ साल फागुन १ गतेदेखि भने जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता हुदैं आएको छ ।साभारःवीरगन्ज सिटी

 

Related posts

खानेपानी मन्त्री यादव र युनिसेफकी प्रतिनिधी एलिसबीच बृहत् छलफल

MadhesKhabar

जलवायु परिवर्तनका कारणले मधेसमा भूमिगत जलस्रोत घट्दै गएको छ : मन्त्री यादव

MadhesKhabar

पर्सामा कूल उम्मेदवार ३३३७ , वीरगन्जको मेयरमा ३० जना

MadhesKhabar

Leave a Comment