Madhes Khabar
समाचार

तरकारीको बोराभित्र लागू औषधको तस्करी गर्ने भारतीय वीरगन्जमा पक्राउ

वीरगन्ज,२२चैत:नेपालमा प्रतिबन्धित लागू औषधसहित एक भारतीय युवक वीरगन्जमा पक्राउ परेका छन् । लागू औषधसहित पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्लाको हरपुर २ का २६ बर्षिय राजकरण साह रहेका छन् ।

बाराको बलीरामपुरबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर ०५ एटी ७३२६ नमबरको मोटरसाइकल वीरगन्ज महानगरपालिका वडा नम्बर १५ फुलवारी टोलमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा साह सवार रहेको उक्त मोटरसाइकलमा लोड रहेको हरियो तरकारीको बोरा भित्रबाट ठूलो परिमाणमा लागू औषध बरामद भएको पर्साका प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले बताए ।

तरकारीको बाराभित्र लुकाएर राखिएको अवस्थामा नुरफिन २ सय पिस, डाइजेपाम २ सय पिस र फेनारगन २ सय पिस गरी कूल ६ सय पिस लागू औषध बरामद गरिएको थापाले जानकारी दिए । लागू औषध बरामद भएपछि मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिएर उनिविरुद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको थापाले बताए ।

 

Related posts

भूमि आयोग खारेज गर्ने सुशीला कार्की नेतृत्वको सरकारको निर्णय सर्वोच्च अदालतले गर्‍यो बदर

MadhesKhabar

सन्दीप लामिछानेले असोज २० गते नेपाल फर्किएर आत्मसमर्पण गर्ने

MadhesKhabar

सिरहा र झापामा गोली चल्यो

MadhesKhabar

Leave a Comment