Madhes Khabar
समाचार

सिरहा र झापामा गोली चल्यो

सांकेतिक तस्बिर ।

सिरहा,१०साउनःसिरहा र झापामा प्रहरीले गोली हानेर लागू औषध कारोबारीहरुलाई नियन्त्रणमा लिएको छ ।सिरहाको नवराजपुर गाउँपालिकाको सोनवर्षा चोक नजिकै शनिबार दिदउँसो प्रहरीले गोली चलाएर एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।प्रहरीले एक राउन्ड गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी गराए।

यस्तै झापामा पनि शनिबार नै प्रहरीले गोली हानेर लागू औषधका एक कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागु औषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई नियन्त्रणमा लिने क्रममा झापामा प्रहरीले गोली प्रहार गरेको हो। गोली लागेका व्यक्ति भारतको किसनगन्ज, कोल्लिकोट थाना क्षेत्र निवासी अन्दाजी ३६ वर्षीय मोहम्मद इस्लाम हुन्।

शनिबार दिउँसो झापाको भद्रपुर नगरपालिका–५ स्थित भित्री सडक खण्डमा शङ्कास्पद अवस्थामा हिँडिरहेका इस्लामलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गर्दै भाग्न प्रयास गरेका थिए। त्यस क्रममा जिल्ला प्रहरी कार्यालय झापा र लागु औषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको संयुक्त टोलीले दुई राउन्ड गोली प्रहार गरेको थियो। एक राउन्ड गोली मोहम्मदको बायाँ खुट्टाको घुँडामुनि लागेको प्रहरीले जनाएको छ।इस्लामको साथबाट करिब १२० ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

Related posts

मिटरब्याज पीडितलाई गृह मन्त्रालयले काठमाडौंबाट गाडी व्यवस्था गरेर घर पठायो

MadhesKhabar

तीनकुनेको घरमा आगो लगाएको आरोपमा बाराका उपेन्द्र साहसहित ४१ जना पक्राउ (नामसहित)

MadhesKhabar

मधेस प्रदेशकै उत्कृष्ट महिला पत्रकारका रुपमा वीरगन्जकी पत्रकार माधुरी महतो सम्मानित

MadhesKhabar

Leave a Comment