Madhes Khabar
समाचार समाज स्थानिय

भारतीय आर्केष्टाबाट उद्धार गरिएका ९ जना चेलीलाइ नेपाल फिर्ता ल्याइयो

फाइल फोटो : वीरगन्ज नाका

मधेसखबर
वीरगन्ज,१५असार : भारतका विभिन्न आर्केस्ट्रामा बालमजदुरी गर्दै गरेको अवस्थामा उद्धार गरिएका ९ जना चेलीलाई स्वदेश फिर्ता ल्याइएको छ । माइती नेपाल वीरगन्ज आवधिक गृहले नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा ती नेपाली चेलीलाई मंगलबार साँझ वीरगन्जमा ल्याएको हो ।
माइती नेपाल आवधिक गृह वीरगन्जकी प्रमुख गोमा पौडेलका अनुसार ९ जना मध्ये ४ बालिकाहरूको भारतको मोतिहारी स्थित एक आर्केस्ट्राबाट फागुन २ गते उद्धार गरिएको थियो । त्यस दिन ५ नेपाली चेलीहरूको यसरी उद्धार गरिएकोमा तीमध्ये एक जना २० वर्षकी थिइन् भने अन्य नाबालिका थिए । बालिग चेलीलाई उति बेलै आफन्तको जिम्मा लगाइएको थियो भने नाबालिगहरूलाई बाल कल्याण समितिको आदेशले मोतिहारी बालिका गृहमा राखिएको थियो । उनीहरूमध्ये ३ जना झापा र १ जना मोरङका हुन् ।

वीरगन्जबाट ती बालिकाहरूलाई बुधबार माइती नेपाल केन्द्रीय कार्यालय काठमाडौं पठाइएको छ । उनीहरूको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको र अभिभावकहरू लिन वीरगन्जसम्म आउने अवस्था नरहेकाले केन्द्रीय कार्यालयबाटै उनीहरूलाई अभिभावकको जिम्मा लगाउने गरी पठाइएको हो ।
यी बाहेक भारतकै मोतिहारी र रक्सौलमा बाल मजदुरी गरिरहेको अवस्थामा फेला परेका ५ नेपाली बालबालिकामध्ये ३ बारा र २ पर्साका छन् ।

तीमध्ये ४ बालक र १ बालिका छन् भने २ जना दाजु–बहिनी हुन् । उनीहरूलाई घरेलु कामदार, उद्योगमा मजदुरी तथा मागेर हिँडेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।
उनीहरू पनि भारतीय बाल कल्याण गृहको आदेशले मोतिहारीस्थित बालक तथा बालिका गृहमा आश्रित थिए । उनीहरूलाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ । भारतीय बाल कल्याण समाजले बाराको बाल हेल्प लाइनमार्फत ती बालबालिकालाई अभिभावकको जिम्मा लगाउने गृहकार्य भइरहेको उनले बताइन् । साभार : कान्तिपुर

Related posts

पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

MadhesKhabar

वीरगन्जमा पानीको समस्या समाधान नगरिए आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी

MadhesKhabar

ड्राइपोर्ट र आइसिपी बीचको जग्गा अधिग्रहण

MadhesKhabar

Leave a Comment