Madhes Khabar
समाचार हेडलाइन

महिला हिंसा विरुद्धको १६दिने अभियान : ठाेरीमा अन्तरकृया र रयाली सम्पन्न

मधेसखबर
वीरगन्ज ,१४ मंसिर :महिला हिंसा विरुद्धको १६दिने अन्तर्राष्ट्रिय  अभियान अन्तर्गत क्याप्टिभेटिनङ इन्टर नेशनल फाउन्डेसन,आसमान नेपाल, महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था, आशिष नेपालको सहयोगमा पर्साकाे ठोरी गाउँपालिका ३ ढुंगे बजारमा बुधबार महिला हिंसा सम्बन्धी अन्तरक्रिया तथा रयाली कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि ठोरी गाउँपालिकाकि उपाध्यक्ष गोकुली रेग्मीले अझ पनि समुदायका महिलाहरु हिंसा विरुद्ध लडन शसक्त नभएको बताइन्। समुदायमा पुरूषहरूबाट आफ्नै घरमा महिला तथा बालबालिकाहरु हिंसा को सिकार हुने गरेको उनले बताइन।उनले भनिन् , पुरूषहरु रक्सी खाएर घरमा स्वास्नीलाई कुटपिट गर्ने, बहुविवाह गर्ने, बलात्कार का घटनाहरू अझै पनि देखिन्छ, यो रोकथाम का लागि महिलाहरु आफैं शसक्त हुनुपर्छ।

महिला हिंसा रोक्न आफैबाट शुरुवात गर्नु पर्ने उनले बताइन्। कार्यक्रममा गयानुमाया जोसी, महिला सदस्य बृतमाया विक, सपिका मगर, निला राम, रोसन सुनार लगायतकाले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन आसमान नेपाल ठोरीका पालिका संयोजक धर्मेन्द्र चौरसियाले गरेका थिए। भन्ने सहजिकरण कल्पना घिमिरे ले गरेका थिइन्।

अन्तरकृया कार्यक्रम पछि रयाली निकालिएकाे थियाे। महिला बिकासको भवन बाट बिभिन्न नारा लेखिएका प्लेकार्ड सहित निस्केको रयाली गाउँ परिक्रमा गरी वाडा कार्यालयमा पुगेर समापन भएको थियो।

Related posts

वडाध्यक्ष कानुको पहलमा बालमिन्दर विद्यालयका २३० विद्यार्थीलाई जुत्ता र खेलकुद सामग्री वितरण

MadhesKhabar

वरिष्ठ सई राणा बाराकाे उत्कृष्ट प्रहरी घाेषित

MadhesKhabar

वीरगन्जमा कर्फु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी

MadhesKhabar

Leave a Comment