वीरगन्ज,२७ चैतः बाराको सिमरामा जेनजी युथ नेपाल बाराले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ३७ जनाले रगतदान गरेका छन् । सिमरा बिजनेश सेन्टर परिसरमा आयोजित रक्तदान कार्यक्रममा १६ महिलासहित १ सय ३७ जनाले रगत दान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवाकर गणेश, प्रहरी निरीक्षक प्रकाश थापा, प्रहरी नायब निरीक्षक नवराज दानी क्षेत्री, स्थानीय उमेश चौलागाईं, ठाकुर खतिवडा, सुजन स्याङतान, द्धारिका पौडेल, सन्तोष दाहाल, निशान श्रेष्ठ, किसन ढकाल, केदार ढकाल, रिता कंडेल, कविता सापकोटा, झलकनाथ भट्टराई, अमृत बस्याल, सुशान्त शाह, बबिन सुब्बा, आयुश न्यौपाने, अस्मित क्षेत्री, मिसन श्रेष्ठ, सुलभ पौडेल लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
रक्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराले समेत समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सहभागिता जनाएको जेनजी बाराका अध्यक्ष सम्राट उपाध्यायले बताए ।

