वीरगन्ज,२५माघःवीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयाका विपन्न र असहायहरुलाई कम्बल वितरण गरिएको छ ।शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानले शुक्रबार बजार छपकैयाका विपन्न,असहाय र बृद्धबद्धाहरुलाई कम्बल वितरण गरेको हो ।
शुक्रबार बिहानै बजार छपकैयामा पुगेका प्रतिष्ठानका बरिष्ठ सल्लाहकार प्रकाश उपाध्यायसहितको टोलीले घरघरमै पुगेर उनिहरुलाई कम्बल वितरण गरेको प्रतिष्ठानका सचिव लालबाबु सिंहले बताए ।
जाडो मौसममा न्यानो लुगाकपडाको कमीले चिसोबाट प्रभावितहरुको जनजिवन कष्टकर भइरहेका बेला उनिहरुलाई कम्बल सहयोग गरिएको उपाध्यायले बताए ।असहायहरूको सेवा सहयोग गरी मानव सेवा गर्ने प्रतिष्ठानको उद्देश्य रहेको बताउदै उपाध्यायले मानव सेवा नै सर्वोत्तम सेवा भएको बताए ।
कम्बल बाँड्ने टोलीमा उपाध्यायसंगै सचिव सिंह, दलित अगुवा अशोक राउत,कृष्ण प्रसाद कानु,सिमा देवि कानु,सुमित गुप्ता लगायतकाकोपनि सहभागिता रहेको थियो ।

