Madhes Khabar
समाज

पर्साको देउरवानामा २५ लाखको लागतमा धर्मशाला निर्माण हुदै

मधेसखबर
वीरगन्ज,२९ भदौं : पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा – ४ देउरवानामा धर्मशाला (अतिथी सदन) निर्माणका लागि बुधबार शिलान्याश गरिएको छ ।

देउरवाना स्थित रामजानकी मन्दिरको प्राङ्गणमा निर्माण गर्न लागिएको धर्मशालाको बुधबार जनता समाजवादी पार्टी (जसपा)का मधेस प्रदेश परिषद सदस्य शीव कुमार साहले शिलान्याश गरिेका हुन् । त्यहा मधेस प्रदेश सरकारको २५ लाख रुपैयाको लागतमा धर्मशाला निर्माण गर्न लागिएको हो ।

धर्मशाला निर्माण भएपछि गाँउघरमा हुने पूजा उत्सव , विहे , ब्रतबन्ध जस्ता समारोह आयोजनाका लागि सहज हुने नेता साहले बताए ।शिलान्याश कार्यक्रममा बोल्दै जसपाका युवा नेता साहले काम शुरु गरिएको तीन महिना भित्र धर्मशालाको निर्माण कार्य पुरा गरिने गरि सम्झौता गरिएको बताए ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष महम्मद आरिफ, जसपाका क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, नेताहरु सिकेन्द्र सहनी, प्रमोद उपाध्याय लगायतको पनि उपस्थिती थियो ।

Related posts

सिटिजन बैंकको स्थापना दिवसमा वीरगन्जमा आयोजित कार्यक्रममा ३२ जनाले गरे रगतदान

MadhesKhabar

उपकार सेवा नेपालद्वारा वीरगन्जका एक पुरुषलाई ह्वील चेयर सहयोग

MadhesKhabar

वीरगन्जमापनि १४ महिलासहित ६० जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment