Madhes Khabar
समाज

उपकार सेवा नेपालद्वारा वीरगन्जका एक पुरुषलाई ह्वील चेयर सहयोग

वीरगन्ज,३० साउनःपरोपकारी कार्यमा निरन्तर सकृय रहदैं आएको उपकार सेवा नेपालले शुक्रबारपनि वीरगन्जका एक अपांगता भएका व्याक्तिलाई ह्वील चेयर सहयोग गरेको छ ।

उपकार सेवा नेपालले वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका शारिरिक रुपमा पूर्ण रुपले अपांगता भएका एक पुरुषलाई ह्वील चेयर प्रदान गरेको हो ।

आर्थिक रुपमा समेत निक्कै कमजोर अवस्था रहेका ती पुरुषको दैनिकी जनजीवन निक्कै कष्टकर रहेको थाहा पाएपछि सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा उपपकार सेवा नेपालकी अध्यक्ष विद्यादेवी सरावगीले ती पुरषलाई शुक्रबार ह्वीलचेयर प्रदान गरेकी हुन् ।

त्यसअवसरमा संस्थाका सदस्यद्वय सुमन बगेडिया र अंकुर शर्मा,सामाजिक अभियन्ता प्रकाश थारु, सशस्त्र प्रहरी हवल्दार सुरेन्द्र बहादुर सिंह,स्थानिय नन्द किशोर कुशवाहा लगायतकाको पनि उपस्थिति रहेको थियो।

Related posts

‘जन्मदिनलाई सत्कर्ममा जोडौंं’अभियान अन्तर्गत पर्साको पटेर्वामा वृक्षारोपण

MadhesKhabar

वीरगन्जमा काँग्रेसबाट टिकट नपाएर अरु दलमा गएकाहरुलाइ पार्टीमा फर्कन अपिल

MadhesKhabar

पर्साको मुसहरवस्तीका २०० बालबालिकालाई शैक्षिक सामग्री सहयोग

MadhesKhabar

Leave a Comment