Madhes Khabar
समाज

‘जन्मदिनलाई सत्कर्ममा जोडौंं’अभियान अन्तर्गत पर्साको पटेर्वामा वृक्षारोपण

वीरगन्ज,११कार्तिकः तराई विकास तथा संचार केन्द्र नेपालले थालेको ‘जन्मदिनलाई सत्कर्ममा जोडौंं ’अभियान अन्तर्गत डा. प्रीती चौधरीको जन्मदिनको अवसरमा पर्साको पटेर्वा सुगौली गाँउपालिका–४ पटेर्वामा आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रमप्रति ऐक्यबद्धता जनाएकी डा. चौधरीको जन्मदिनको अवसर पारेर पटेर्वास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय परिसरमा भव्य कार्यक्रम गरेर वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले आफनो गाँउठाँउलाई हरियालीयुक्त बनाउन र पर्यावरणीय सन्तुलन कायम राख्नका लागि हरेक गाँउ र टोलमा वृक्षारोपण गर्नुपर्ने बताए । तराई विकास तथा संचार केन्द्र नेपालले थालेको “जन्मदिनलाई सत्कर्ममा जोडौं“अभियान निक्कै प्रेरणादायी कदम भएको भन्दै उनिहरुले यो अभियानमा हरेक नागरिक जोडिनुपर्ने सुझावपनि दिदए । अहिले गरिने वृक्षारोपणको लाभ भावी पुस्ताले उठाउने भन्दै उनिहरुले हरियाली वातावरणको महत्व र सत्कर्मको माध्यमबाट समाजसेवा गर्न सबैलाई प्रेरणा मिल्ने बताए ।

चन्द्रकिशोर चौधरीको अध्यक्षता तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, नेपाली कांग्रेस पर्साका उपसभापति अशोककुमार गुप्ता,नेपाल पत्रकार महासंघका सचिव गोबिन्द चौलागाई,पर्सा उपाध्यक्ष युवराज खड्का,वीरगन्ज सामुदायिक आँखा सेवा केन्द्रका सञ्चालक महेश सिंह धामी, कांग्रेस महासमिति सदस्यहरू शैलेन्द्र कुमार यादव र रामजनम चौधरी,पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतकोपनि सहभागीता रहेको सञ्चारकर्मी रामकिशोर चौधरीले जानकारी दिए ।

 

Related posts

वीरगन्ज सामाजिक संस्था महासंघ गठन, अध्यक्षमा किशन र सचिवमा बिक्की चयन

MadhesKhabar

वीरगन्ज-१० का चाेक चाेकमा वडाध्यक्ष कानुले मिलाए आगाे ताप्ने व्यवस्था

MadhesKhabar

तेरापंथ युवक परिषद वीरगन्जको शिविरमा ६५० जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment