Madhes Khabar
समाज

पत्रकार नेहाल खानलाई २५ हजार नगद सहयाेग

वीरगन्ज,१९पुष:फाेक्साेकाे जटील समस्याले ग्रस्त भई घरमै उपचाररत वीरगन्जका पत्रकार नेहाल खानलाई पर्साका पत्रकारहरुले आर्थिक सहयाेग गरेका छन्।

नेपाल पत्रकार महासंघ पर्साका काेषाध्यक्ष सन्जिव मिश्रा र पत्रकार प्रणय कुमार साहले पत्रकारहरुबाट संकलित नगद २५ हजार रुपैयाँ बिहीबार खानलाई उनकाे घरमै पुगेर प्रदान गरेका हुन्।

नगद सहयाेग प्रदान गर्दै महासंघका काेषाध्यक्ष मिश्राले पर्साका श्रमजीवी पत्रकारहरुले आगामी दिनमा पनि पत्रकार खानकाे उपचारका लागि सहयाेग गर्न तयार रहेकाे बताए ।

पत्रकार खानका अनुसार, यसअघि पत्रकार महासंघका मधेस प्रदेश सचिव श्याम बञ्जाराले ६० हजार र समाजवादी प्रेस संगठनका नेता राघव साहले ५० हजार रुपैयाँ सहयाेग गरिसकेका छन्।

कोरोना महामारीकै बेलादेखि फोक्सोको समस्याबाट ग्रसीत भएका खान चार महिनाअघि सिकिस्त भएपछि नारायणी अस्पतालको आइसियुमा भर्नाएका थिए ।अस्पतालबाट डिस्चार्ज भइ हाल उनी घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । खानकी पत्नी अजमा खातुनपनि क्यान्सरपीडित भएर चितवनकाे भरतपुरमा उपचारत रहेकी छन् ।

Related posts

लागुपदार्थ विरुद्ध वीरगन्जमा सानो पाइलाको सात दिने अभियान शुरु

MadhesKhabar

चुरे संरक्षणका लागि मधेसदेखि काठमाडौंको पदयात्रा

MadhesKhabar

अष्ट्रेलियामा रहेका मधेसीहरुले पर्साकाे बारवा गाँउका ५० दलित परिवारलाई बाँडे कम्बल

MadhesKhabar

Leave a Comment