Madhes Khabar
समाज

लागुपदार्थ विरुद्ध वीरगन्जमा सानो पाइलाको सात दिने अभियान शुरु

माधुरी महत्तो
वीरगन्ज,१२असार : वीरगन्जमा आइतबार देखि अन्तर्राष्ट्रिय लागु पदार्थ तथा ओसार पसार विरुद्धको दिवसको अवसरमा सात दिने सचेतनामुलक अभियान शुरु भएको छ ।

 

सामाजिक संस्था सानो पाइलाले शुरु गरेको सात दिने अभियानको पहिलो दिन आइतबार घण्टाघरमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले उद्घाटन गरेका हुन् । उद्घाटन पछि घण्टाघर चोकबाट निस्किएको सचेतनामुलक रयाली माइस्थान , आदर्शनगर , अलखीयामठ हुदै पुन घण्टाघर चोकमै फर्किएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाइ सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले लागु औषध विरुद्धको अभियानमा साथ दिन सबैलाइ आग्रह गगरे । उनले लागु औषध दुव्र्यसनका विरुद्धको क्षेत्रमा काम गर्दै आएका संघसंस्थालाइ स्थानीय प्रशासनले सदैव साथ दिने प्रतिबद्धता पनि जनाए । प्रजिअ ढकालले वीरगन्ज र पर्सा जिल्ला भारतसंग खुल्ला सीमा जोडिएको क्षेत्र भएका कारण यस क्षेत्रमा लागु औषधको ओसारपसार हुदै आएको भन्दै ययसलाइ अझ नियन्त्रणका लागि काम गर्ने बताए ।

कार्यक्रममा रिकभरिङ नेपाल मधेस प्रदेशका सभापति गौरव बर्मा , पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत , सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल , वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक विशाल मल्ल,सामुदायिक पुर्नस्थापना केन्द्रका व्यवस्थापन प्रमुख साबिर हुसेन लगायतको पनि सहभागीता थियो ।

 

सानो पाइलाले आइतबार देखि शुरु गरेको अभियान असार १८ गते सम्म चल्ने छ । अभियानको दोश्रो दिन सोमबार १३ गते सानो पाइलको टिम र नेपाल प्रहरी बिच मैत्रीपूर्ण क्रिकेट खेल हुने संस्थाका विवेक कर्णले जानकारी दिए ।

Related posts

वीरगन्जमा हिलिङ टच स्पा एण्ड सलोनको कार्यक्रममा ५४ जनाले गरे रक्तदान

MadhesKhabar

राज्यसंग मधेसका दलितहरुको प्रश्न : हामी अनागरिक भएर कहिलेसम्म बस्ने सरकार ?

MadhesKhabar

वीरगन्जमा कपडा बैंकद्वारा गरिब तथा असहायहरुलाई ६०० थान कपडा वितरण

MadhesKhabar

Leave a Comment