Madhes Khabar
समाज

लागुपदार्थ विरुद्ध वीरगन्जमा सानो पाइलाको सात दिने अभियान शुरु

माधुरी महत्तो
वीरगन्ज,१२असार : वीरगन्जमा आइतबार देखि अन्तर्राष्ट्रिय लागु पदार्थ तथा ओसार पसार विरुद्धको दिवसको अवसरमा सात दिने सचेतनामुलक अभियान शुरु भएको छ ।

 

सामाजिक संस्था सानो पाइलाले शुरु गरेको सात दिने अभियानको पहिलो दिन आइतबार घण्टाघरमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले उद्घाटन गरेका हुन् । उद्घाटन पछि घण्टाघर चोकबाट निस्किएको सचेतनामुलक रयाली माइस्थान , आदर्शनगर , अलखीयामठ हुदै पुन घण्टाघर चोकमै फर्किएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाइ सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले लागु औषध विरुद्धको अभियानमा साथ दिन सबैलाइ आग्रह गगरे । उनले लागु औषध दुव्र्यसनका विरुद्धको क्षेत्रमा काम गर्दै आएका संघसंस्थालाइ स्थानीय प्रशासनले सदैव साथ दिने प्रतिबद्धता पनि जनाए । प्रजिअ ढकालले वीरगन्ज र पर्सा जिल्ला भारतसंग खुल्ला सीमा जोडिएको क्षेत्र भएका कारण यस क्षेत्रमा लागु औषधको ओसारपसार हुदै आएको भन्दै ययसलाइ अझ नियन्त्रणका लागि काम गर्ने बताए ।

कार्यक्रममा रिकभरिङ नेपाल मधेस प्रदेशका सभापति गौरव बर्मा , पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत , सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल , वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक विशाल मल्ल,सामुदायिक पुर्नस्थापना केन्द्रका व्यवस्थापन प्रमुख साबिर हुसेन लगायतको पनि सहभागीता थियो ।

 

सानो पाइलाले आइतबार देखि शुरु गरेको अभियान असार १८ गते सम्म चल्ने छ । अभियानको दोश्रो दिन सोमबार १३ गते सानो पाइलको टिम र नेपाल प्रहरी बिच मैत्रीपूर्ण क्रिकेट खेल हुने संस्थाका विवेक कर्णले जानकारी दिए ।

Related posts

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित कार्यक्रममा १०२ जनाले गरे रगतदान

MadhesKhabar

मधेसको राजमार्गमा सार्वजनिक शौचालय नहुदाँ बसमा यात्रा गर्ने महिलाहरुलाई सास्ती

MadhesKhabar

जन्मदिनमा युवा उद्यमी अग्रवालले रक्त सञ्चार केन्द्रलाई दिए नगद २१ हजार

MadhesKhabar

Leave a Comment