Madhes Khabar
समाज हेडलाइन

वीरगन्ज जेसीसकाे नवनिर्वाचित कार्यसमितिको पहिलाे कार्यक्रम: मानव सेवा आश्रममा सहयाेग

वीरगन्ज,१२माघ:वीरगन्ज जेसीसकाे नवनिर्वाचित कार्यसमितिले आफ्नाे पहिलाे कार्यक्रम अन्तरगत मानव सेवा आश्रम वीरगन्ज शाखामा नगद तथा खाद्य सामग्री सहयाेग गरेकाे छ।

५२ औं बार्षिक साधारण सभाबाट बर्ष २०२५ को लागि सराेज चाैरसियाकाे अध्यक्षतामा नवनिर्वाचित वीरगन्ज जेसीस परिवारले आफ्नो पहिलाे कार्यक्रम अन्तरगत शनिबार मानव सेवा आश्रममा नया कार्यसमिति चयन भए लगतै सरोज चैरसिया साथै बिरगंज जेसिज परिवारले नगद १८ हजार ७ सय रुपैयाँका साथै खाद्यान्न सहयाेग गरेकाे हाे ।साथै आश्रममा रहेका आश्रितहरुलाई शनिबार बिहानको भोजनपनि गराइएकाे वीरगन्ज जेसीसका अध्यक्ष चाैरसियाले जानकारी दिए।

जेसीसको आस्था पाठमा उल्लेख भए बमोजिम ” मानवको सेवा नै जिवनको सर्बोत्तम कार्य हो ” भन्ने मुल उदेश्यका साथ आश्रममम सहयोग गरिएको अध्यक्ष चाैरसियाले बताए।आउने दिनमा पनि मानव सेवा आश्रमसंग वीरगन्ज जेसीसले सहकार्य गरेर अन्य सामाजिक कार्यहरु गर्ने उनले बताए ।

 

नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष डाक्टर दीपक शाक्यकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यकारी उपाध्यक्ष पप्पु गुप्ता, सेराज अन्सारी ,महासचिव रबिन्द्र श्रेष्ठ,सहमहासचिव राकेश कुशवाहा, उपाध्यक्ष रणधीर बर्णवाल ,रामानन्द चौधरी, रोशन दास थारु, निरन्जन साह,कोषाध्यक्ष अजय राउत, पुर्व अध्यक्ष सन्तोष खनाल,जितेन्द्र पुरुष ढकाल ,अशोक गुप्ता , शेखर चौधरी, निशान्त लामिछाने,मानव सेवा आश्रमका देवेश गुप्ता लगायतकाको पनि उपस्थिति थियाे।

Related posts

वीरगन्जमा हिन्दु संगठनलाई बदनाम गर्न अराजक तत्व लागेकाे हिन्दुवादी अगुवाहरुकाे आरोप

MadhesKhabar

वीरगन्जमा निर्माणाधीन मानव सेवा आश्रममा थप एक भवनकाे गरियाे शिलान्यास

MadhesKhabar

बारामा लागु औषध गाजा सहित तीन जना पक्राउ

MadhesKhabar

Leave a Comment