Madhes Khabar
Uncategorized अन्तरवार्ता अन्तर्राष्ट्रिय अर्थतन्‍त्र कर्णाली प्रदेश कर्पोरेट काेशी प्रदेश कृषि खेलकुद गण्डकी प्रदेश धर्म/संस्कृति पर्यटन प्रदेश प्रवास प्रविधि मधेस प्रदेश मनोरञ्जन राजनीति राशीफल रोचक दुनियाँ लुम्बिनी प्रदेश वाग्मती प्रदेश विचार शिक्षा समाचार समाज सम्पादकीय साहित्य सुदूरपश्चिम प्रदेश स्वास्थ्य हेडलाइन

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

आदित्य महतो

वीरगन्ज ६ असार
वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखा प्रमुख अर्बिन्दलाल कर्णलाई आइतबार विद्यार्थीहरुले एक घण्टा कार्यकक्षामै थुनेका छन् ।

आवश्य तयारीविनै नगरक्षेत्रको विद्यालय संचालन गराउन खोजेको भन्दै उनीहरुले शिक्षा महाशाखा प्रमुख कर्णलाई विहान ११:३० देखि १२:३० सम्म १ घण्टा कार्यकक्षमै थुनेका हुन् ।

केहीदिन अघि संयुक्त विद्यार्थी संघर्ष समितिले भौतिक रुपमा विद्यालय संचालन गर्ने मोडल र मापदण्डका बारेमा प्रष्ट पार्नु पर्ने, विद्यार्थीका विषयमा कुनै पनि निर्णय गर्दा आफुहरुलाई पनि संलग्न गराइनु पर्ने लगायतका माग राख्दै शिक्षा महाशाखा प्रमुखको ध्यानाकर्षण गराएका थिए ।

ध्यानाकर्षण वाबजुद पनि महाशाखा प्रमुख विद्यार्थीको हितविपरित गएर काम गर्न लागेपछि बाध्य भएर उनलाई कार्यकक्षमै थुन्नु परेको संयुक्त विद्यार्थी संघर्ष समितिका प्रवक्ता हेमन्त तामाङले बताए ।

संघर्ष समितिका संयोजक विकास तिवारीको नेतृत्वमा गएको विद्यार्थीको टोलीले कर्णलाई कार्यकक्षमा थुनेका हुन् ।

विद्यार्थीहरुले महाशाखा प्रमुखको कार्यकक्षमा ताला लगाउँदै शैक्षिक माफिया मुर्दावाद, विद्यार्थीको स्वास्थ्य माथि खेलवाड गर्ने पाइँदैन, नालायक शिक्षा महाशाखा प्रमुख मुर्दावाद लगायतका नारा लगाएका थिए ।

तालाबन्दी पश्चात् आयोजित कोणसभालाई विद्यार्थीहरु नेताहरु एजाज बाबु, धर्मराज यादव लगायतका नेताले सम्बोधन गर्दै विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै अघि बढ्न स्थानीय सरकारलाई आग्रह गरेका थिए ।
कार्यक्रमको सहजीकरण संघर्षसमितिका सह-संयोजक कविराज पटेलले गरेका थिए ।

Related posts

फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षका गेब्रियल नियुक्त

MadhesKhabar

दुर्घटनामा घाइते गुरुङको उपचारका लागि ठोरीका शिक्षकहरुले १ लाख २३ हजार उठाएर गरे सहयोग

MadhesKhabar

पथलैयामा पिकअप गाडीबाट २ सय १० केजी बरामद

MadhesKhabar

Leave a Comment