Madhes Khabar
वाग्मती प्रदेश

काठमाडौं–४ बाटै चुनाव लड्छु : गगन थापा

फाइल फोटो

मधेसखबर
वीरगन्ज, १५ भदौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले उम्मेदवार बन्नका लागि अहिलेसम्म कहीँबाट पनि आवेदन नदिएको बताएका छन् ।

२०७४ को निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित सांसद थापाले आगामी निर्वाचनमा कास्की–१ बाट समेत उम्मेदवार बन्न आवेदन दिएको भन्ने समाचारहरू आउन थालेपछि त्यसको खण्डन गर्दै कहींबाट पनि उम्मेदवार बन्न आवेदन नदिएको स्पष्ट पारेका हुन् ।

उनले आफू काठमाडौं–४ बाटै उम्मेदवार बन्ने बताए । ’मैले उम्मेदवार बन्नका लागि कहींबाट आवेदन दिएको छैन । खास विधानबमोजिम हाम्रो पार्टीमा उम्मेदवार बन्नकै लागि आवेदन दिने भन्ने नै छैन । पार्टीका क्षेत्र र जिल्ला कार्यसमितिहरुले सिफारिस गर्ने हुन्,’ महामन्त्री थापाले भने, ’मैले कहींबाट पनि आवेदन दिएको छैन । तर चुनाव काठमाडौं–४ बाटै लड्छु ।’

महामन्त्री थापाले २०७० मा पनि काठमाडौं–४ बाटै चुनाव जितेका थिए ।

Related posts

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

हेटौंडाको पहिलो महिला मेयर – मीना लामा

MadhesKhabar

एउटै मन्त्रालयको खाजा , इन्धन र भत्तामा सकियो ११ करोड

MadhesKhabar

Leave a Comment