Madhes Khabar
समाज हेडलाइन

पर्साको मुसहरवस्तीका २०० बालबालिकालाई शैक्षिक सामग्री सहयोग

वीरगन्ज,२९ साउन : पर्साको ग्रामीण भेगमा रहेका बालबालिकाहरुलाई एक दम्पतिले शैक्षिक सामग्री सहयोग गरेका छन् ।
बारा घर भइ हाल काठमाडौंमा बस्दै आएका प्रयास बस्नेत र धर्ती कट्वालले दलित समुदायका दुई सय बालबालिकाहरुलाई कापी, कलम , कटर , इरेजर लगायतका शैक्षिक सामग्री प्रदान गरेका हुन् ।

पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ३ कौवाबन र कटैयास्थित मुसहर वस्तीमा सञ्चालित सामुदायिक निशुल्क ट्युसन कक्षा कैनद्रमा अध्ययनरत २ सय जना बालबालिकाहरुलाई बस्नेत दम्पतिले सोमबार शैक्षिक सामग्री सहयोग गरेको पिस फर दलित फाउण्डेशनका अध्यक्ष मनोज रामले बताए ।

बस्नेत दम्पतिले दलित बालबालिकाका लागि सञ्चालित सामुदायिक निशुल्क ट्युसन कक्षा केन्द्रको लागि ह्वाइट बोर्ड दुई थान , डस्टर , मार्कर लगायतका सामग्री पनि प्रदान गरेको रामले जानकारी दिए ।

Related posts

पर्सामा ट्राफिक नियम उल्लंघन गरेकाबाट ३ करोड बढी राजश्व संकलन

MadhesKhabar

मधेस प्रदेशमा तत्काल ५०० वटा ’डीप बोरिङ’ जडान गर्ने प्रधानमन्त्री ओलीको घोषणा

MadhesKhabar

नारायणी अस्पतालमा सुत्केरी महिलाका लागि सुविधासम्पन्न पिएनसी वार्ड सञ्चालन

MadhesKhabar

Leave a Comment