Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जलाई अशान्त बनाउन चाहनेहरुलाई अब तह लगाउन जरुरी छ : मेयर सिंह

वीरगन्ज,०५जेष्ठः जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय सदस्य राजेशमान सिंहले उपेन्द्र यादवको आधा सटर बन्द भइसकेको र पूरा सटरपनि अब एक दुई दिनमै बन्द हुने बताएका छन् ।

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवको स्वागतमा शनिबार वीरगन्जमा जसपा पर्साले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै वीरगन्ज महानगरका मेयर समेत रहेका सिंहले उपेन्द्र यादवले प्राइभेट लिमिटेड कम्पनि जस्तो गरेर पार्टी चलाएका कारण जसपा नेपाल फुटेको बताए ।

उनले भने,‘ ५÷७ करोड रुपैयाँ लिएर एउटालाई मन्त्री बनाउथे । तीन चार महिनापछि उसलाई हटाएर फेरि अर्कोसंग ५÷७ करोड लिएर उसलाई मन्त्री बनाउने धन्दा उपेन्द्र यादवको थियो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संघ र प्रदेश सरकारका योजनापनि कमिशन लिएरमात्रै पालिकालाई दिने गरेको सिंहले आरोप लगाए ।उनले भने,‘ उपेन्द्र यादवको पार्टीका मन्त्री भएका मन्त्रालयबाट बजेट ल्याउदाँ मन्त्रीलाई मात्र होइन उपेन्द्र यादवलाईपनि अग्रिम कमिशन बुझाउनु पर्छ । त्यसको भुक्तभोगी मपनि स्वंय हुँ ।’

जसपा नेपालमा उपेन्द्र यादवलाई एस म्यान बन्न सक्ने नेता कार्यकर्तामात्रै चाहिने गरेको सिंहले बताए । उनले जसपालार्ई अब एकढिक्का बनाएर मधेसमा पुन शाख फर्काउने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले वीरगन्जलाई अशान्त बनाउने प्रपञ्च भइरहेकोे बताए । उनले भने,‘ वीरगन्जलाई अशान्त बनाउन चाहनेहरुलाई हामी सबै मिलेर तह लगाउन जरुरी छ ।’

जसपाका जिल्ला अध्यक्ष सिंहासन साहको अध्यक्षतामा भएको कार्यक्रमलाई जसपाका केन्द्रिय सदस्य मोहनलाल चौधरी , मधेस प्रदेश अध्यक्ष अशोक यादव, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, जसपाका युवा नेता ईश्वरचन्द्र यादव लगायतलेपनि सम्बोधन गरेका थिए ।

Related posts

पर्सामा ४५ हजार भन्दा बढि मत बदर

MadhesKhabar

जीतपुरसिमरा उपमहानगरकाे फाेहाेर व्यवस्थापनका लागि वीरगन्ज महानगरसंग सम्झौता

MadhesKhabar

ईभेन्ट परियोजना तालिम मार्फत १० वर्षमा हजारौ महिला तथा युवाहरु लाभान्वित

MadhesKhabar

Leave a Comment