Madhes Khabar
स्थानिय हेडलाइन

जीतपुरसिमरा उपमहानगरकाे फाेहाेर व्यवस्थापनका लागि वीरगन्ज महानगरसंग सम्झौता

वीरगन्ज ,५भदाैं: बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाको क्षेत्रबाट उत्सर्जन हुने फोहोर अब वीरगन्ज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (ल्याण्डफिल्ड साइट) मा विसर्जन गरिने भएको छ ।

 

फोहोर व्यवस्थापनका लागि मंगलबार जीतपुरसिमरा उपमहानगरपालिका र वीरगन्ज महानगरपालिकाबीच पाँच बुँदे सम्झौता भएको छ । सम्झौता पत्रमा जीतपुरसिमराका मेयर राजन पौडेल र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार जीतपुरसिमरा उपमहानगरपालिकाले अब दैनिक उत्सर्जन हुने फोहोर व्यवस्थापनका लागि वीरगन्जको नगवास्थित ल्याण्डफिल्ड साइट प्रयोग गर्नेछ । त्यसवापत जीतपुरसिमरा उपमहानगरपालिकाले वीरगन्ज महानगरपालिकाको कार्यालयलाई प्रति मेट्रिक टन फाेहाेरका लागि कर बाहेक एक हजार ६ सय ५० रुपैया बुझाउनेछ ।

जीतपुरसिमराबाट हाल दैनिक ५ देखि ६ मेट्रिक टनसम्म फोहोर उत्सर्जन हुने गरेको छ । उक्त फोहोर व्यवस्थापनका लागि नगरभित्र उचित ल्याण्डफिल्ड साइट नहुँदा उपमहानगरपालिकाको कार्यालयलाई फोहोर व्यवस्थापन गर्न असहज भईरहेको थियो ।

उपमहानगरपालिकाको कार्यालयले फोहोर व्यवस्थापनका लागि प्रयोग गर्दै आएको वडा नंबर १ मा पर्ने दुधौरा खोलाको ल्याण्डफिल्ड साइटमा स्थानीयले अवरोध गरेका थिए । दुधौराका स्थानीयले फोहोर विसर्जन गर्न नदिएपछि उपमहानगरपालिकाले वडा नंबर ४ र वडा नंबर १४ को सिमानामा पर्ने दुधौरा खोलामा फोहोर व्यवस्थापन गर्ने प्रयास गरेको थियो । उक्त स्थानमा पनि विरोध भएपछि उपमहानगरपालिकाले विकल्प खोजेको हो ।

 

नगर क्षेत्रभित्र फोहोर व्यवस्थापन तत्काल हुन सक्ने अवस्था नभएपछि जीतपुरसिमरा उपमहानगरपालिकाले वीरगन्ज महानगरसंग सहकार्यको प्रस्ताव राखेको र उक्त प्रस्तावमा वीरगन्ज महानगर सकारात्मक देखिएपछि दिपक्षीय सम्झौता भएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नंबर ४ का अध्यक्ष ईश्वर खत्रीले जीतपुरसिमरामा ल्याण्डफिल्ड साइटको उचित व्यवस्थापन नभएसम्म वीरगन्ज लगिने बताए । उनले अब फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकासंगै नगरबासिको समेत भूमिका स्थापित गर्न प्रयास गरिने बताए ।

Related posts

वीरगन्जको एक सरकारी विद्यालय : जहाँ १० शिक्षकले पढाउँछन् ४० विद्यार्थी

MadhesKhabar

वीरगन्ज आएर दुर्गा प्रसाईले भने : अझै यस्ता ८ वटा अडियो मसंग छ , ती पनि सार्वजनिक गर्छु

MadhesKhabar

मेयर सिंहले उद्घाटन गरेको निःशुल्क शिविरबाट २०५ जना लाभान्वित

MadhesKhabar

Leave a Comment