Madhes Khabar
स्थानिय

बाढीबाट उद्धार गरिएकी गर्भवती महिलाको वीरगन्ज हेल्थ केयर हस्पिटलमा निःशुल्क उपचार

वीरगन्ज,१९असाेज:अविरल वर्षासँगै आएको बाढीले प्रभावित क्षेत्रमा फसेकी एक गर्भवती महिलाको सफल उद्धार गरी अस्पतालमा निःशुल्क उपचार प्रदान गरिएको छ।

 

वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित दिनेश चौरसियाको घरमा डेरा गरी बसिरहेकी गर्भवती रिचा चौधरीलाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित उद्धार गरी वीरगन्ज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको थियाे।

पर्साकै सखुवाप्रसौनी गाउँपालिका–३ स्थायी वासिन्दा मनोहर चौधरीकी पत्नी ३१ वर्षिया रिचालाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको थियाे।

वीरगन्ज हेल्थ केयर हस्पिटलका सञ्चालक डा. अबुल हैस अन्सारीले भने ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत निःशुल्क उपचार सेवा दिइँदैछ। प्राकृतिक विपद्‌मा परेका नागरिकलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउनु हाम्रो दायित्व हो,”।

समयमै गरिएको उद्धार र प्रभावकारी स्वास्थ्य सेवाको कारण अहिले गर्भवती महिला रिचाको अवस्था सामान्य रहेको उनले बताए।

Related posts

वीरगन्जकाे मिलनचाेकबाट घरेलु मदिरा बरामद

MadhesKhabar

गुणस्तहिन काम गरेको भेटिएपछि सिर्सिया पुलको निर्माण कार्य रोके मेयर सिंहले

MadhesKhabar

वीरगन्ज महानगरको नगरसभा असार ८ देखि १० सम्म

MadhesKhabar

Leave a Comment