Madhes Khabar
स्थानिय

वीरगन्ज महानगरका वडाको सेवा चुस्त बनाउन मेयर सिंहको निर्देशनमा अनुगमन सुरु

वीरगन्ज, १५ कार्तिक : वीरगन्ज महानगरपालिकाले आफ्नै वडा भित्रको कामकारवाहीलाई चुस्त बनाउँदै सेवाप्रवाह प्रभावकारी बनाउन कडाइका साथ अनुगमन गर्न थालेको छ ।महानगरद्वारा गठित सुशासन तथा संस्थागत विकास समितिले बुधबार महानगरको ५ वटा वडा कार्यालयको सेवा प्रवाह बारे अनुगमन गरेको हो ।

वडा कार्यालयमा कर्मचारीको उपस्थिति, सेवा प्रवाहको अवस्था, राजश्व संकलन लगायतका विषयमा जानकारी लिएको समितिका संयोजक प्रदीप चौरसियाले जानकारी दिए ।कतिपय वडा कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या आएको र कतिपय स्थानमा राजश्व संकलनमा समेत समस्या देखिएकाले वास्तविकता यकिन गर्न अनुगमन थालिएको उनले बताए ।

वडा कार्यालयमा संकलन हुने राजश्व साप्ताहिक रुपमा दाखिला गराउनु पर्नेमा कतिपयले दाखिला नगरेको देखिएकाले त्यसलाई कडाई गर्न पनि समितिले अनुगमन थाल्नु परेको उनको भनाई छ ।

समितिले बुधबार वडा नम्वर ४ बाट अनुगमन सुरु गरेको थियो । पहिलो दिन वडा नंबर ४ सहित ५, ६, ७ र १५ गरि ५ वटा वडामा अनुगमन गरिएको महानगरको प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारले बताए ।अब ३२ वटै वडामा दैनिक रुपमा अनुगमन गर्ने र समयमा कार्यालयमा अनुपस्थित भेटिने कर्मचारीलाई कारबाही पनि गरिने उनले बताए ।

महानगरपालिकाका मेयर राजेशमान सिंहले जनप्रतिनिधि रहने वडा कार्यालयमा नै सेवाग्राहीले सास्ती पाएको तथा राजश्व संकलनमा समसया देखिएको गुनासो आएपछि अनुगमनलाई कडाई गर्न समितिलााई निर्देशन दिएको बताए ।

बुधबार वडा नंबर. ५ का वडाअध्यक्ष समेत रहेका समितिका संयोजक चौरसियाको नेतृत्वमा गएको अनुगमन टोलीमा महानगरपालिकाको प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, महानगरका मेयरका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको सहभागीता थियो ।

Related posts

बालेनकाे असर पाेखरीयामा पनि : अतिक्रमण हटाउन तीन दिने सुचना जारी

MadhesKhabar

पर्साका ९ वटा पालिकाका खाता खुलेन,दशैंमा तलबभत्ता नपाउने कर्मचारीहरुमा चिन्ता

MadhesKhabar

१ करोडको सामानसहितको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

MadhesKhabar

Leave a Comment