Madhes Khabar
स्थानिय हेडलाइन

बालेनकाे असर पाेखरीयामा पनि : अतिक्रमण हटाउन तीन दिने सुचना जारी

पाेखरीया बजार

मधेसखबर
वीरगन्ज ,०२ असाेज : पर्साकाे दाेश्रो सदरमुकामका रुपमा परिचित पाखरीयामा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरि बनाइएका घर ,टहरा लगायतका संरचना हटाउन तीन दिने सुचना जारी गरिएकाे छ ।

काठमाडौं सहित देशका ठुला शहरहरुमा सार्वजनिक जग्गा ,सडक र नाला अतिक्रमण गरि बनाइएका संचरना हटाउन स्थानीय सरकारले अभियान चलाइ रहेका बेला पाेखरीया नगरपालिकाले पनि याे तीन दिने सुचना जारी गरेकाे हाे ।

आइतबार पाेखरीया नगरपालिकाले एक सुचना जारी गर्दै सार्वजनिक जग्गा र सडक अतिक्रमण गरि बनाइएका घर,टहरा लगायतका संरचना तीन दिन भित्र हटाउन सम्बन्धित व्याक्तीहरुलाइ निर्देशन दिएकाे छ । यदि याे सुचना जारी भएकाे मितिले तीन दपन भित्र त्यस्ता संरचना नहटाइए नेपालकाे कानुन अनुसार नगरपालिका आफैले भत्काएर हटाउने चेतावनी पनि पाेखरीया नगरपालिकाले दिएकाे छ ।

प्रमुख प्रशासकीय अधिकृत अशाेक राैनियारले जारी गरेकाे सुचनामा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरि बनाइएका संरचना हटाउन यसअघि पनि सुचना मार्फत आग्रह गरिएकाे भए पनि सम्बन्धित व्याक्तीहरुले नटेरेका कारण आइतबार पुन तीन दिने सुचना जारी गरिएको र त्यस्ता संचरना नहटाइए चाैथाे दिन देखि नगरपालिका आफैंले ती संरचना हटाउन बाध्य हुने उल्लेख छ।

Related posts

वीरगन्ज हेल्थकेयर अस्पतालमा आगो लाग्दा कारोडौंको क्षति

MadhesKhabar

वीरगन्जमा आयोजित सोनार प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी केएस सुपर किंग्सलाई

MadhesKhabar

पर्साको ग्रामीण भेगबाट विद्युत चोरेर प्रयोग गर्ने १२ जना पक्राउ

MadhesKhabar

Leave a Comment